
Lnp
Pbu
Ggp
Unsku
Srbpu
Sgr
pku
Rgp

Sls
Rgs
Rgu
Pvg
Gst
Sbs
Tsm
Wsp
Hal
Vor
Rgu
Asm

Pls
Ptm
Syp
Mks
Bml
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा कृषक समूहलाई ५० लाख बराबरको कृषि औजार सम्बन्धि सामाग्री हस्तान्तरण गरिएकाे छ ।
राप्ती-६ बगरापुरमा रहेको नव प्रतिभा कृषि सहकारी संस्था र वडा नम्बर ७ छाेट्की सिसहनियाँमा रहेको हरितजन क्रान्ति कृषक समूहलाई साे मूल्य बराबरको कृषि औजार सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्षाती गडरियाले जानकारी दिए ।
उहाँका अनुसार कष्टम हायरिङ सेन्टर स्थापना कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाकाे समन्वय तथा लुम्बिनी प्रदेश सरकारकाे ८० प्रतिशत अनुदान र कृषक समुहहरुको २० प्रतिशत लागतमा साे कृषि औजार हस्तान्तरण गरीएकाे हाे।
सो कृषक समुहहरुलाई एक/एक वटा ट्याक्टर,थ्रेसर,कल्टिभेटर र हाइड्रोलीक ट्रली हस्तान्तरण गरिएको छ भने नव प्रतिभा कृषि सहकारी संस्थालाई ५ वटा कर्ण सेलर समेत हस्तान्तरण गरिएको छ ।
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा साे कृषि औजार प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । “परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न जान्छ।”अध्यक्ष विष्टले भने,-“कृषकहरुकाे समस्या बुझेर कृषि कार्यलाई सरल र सहज बनाउन याे कृषि औजार प्रदान गरेका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।” अध्यक्ष विष्टले अनुदानमा पाएकाे सामाग्रीलाई सहि रुपले सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव नम्रता सिंहले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नु आवश्यक रहेको बताए । त्यस्तै कृषक प्रेमलाल चाैधरीले कृषकहरूकाे माग र आवश्यकता अनुसार कृषि औजार उपलब्ध भएको प्रति खुशी व्यक्त गर्दै यसले आफूहरू लाई कृषि कार्य गर्न सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने बताए ।
कृषि औजार वितरण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरी,६ का अध्यक्ष दिपक कुमार चाैधरी,वरिष्ठ कृषि अधिकृत सन्देश धिताल,जिन्सी शाखा प्रमुख बासुदेव खनाल,आर्थिक विकास शाखा प्रमुख दामाेदर आचार्य,कृषि प्रविधिक निर्मला गिरी लगायत कृषकहरुकाे उल्लेख्य सहभागीता रहेको थियो।

