
ssbus
nsm
Ssbus
Ssbus
Sssbus1
Sssbus1
Gsl
tssbus
Pbu
Ssbus

Pvg
Bbu
Ssm
Bbbpu
Rgu
Asm
Wsp
Rgs
Ksm
Rgu
Hal
Tsm
nsb
Sls
Sbs
Rsb
Gst
Vor
Ggd

Mks
Gsb
Bml
Jmb
Syp
Rmb
Abd
bbt
Jmb
sab
Ptm
Pls
Rpp
दाङ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ काे तेस्रो चाैमासिक तथा वार्षिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ।
गाउँपालिकाकाे वडा नं.६ पत्थरगढवामा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे। राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धीत सेवा प्रदायक र सेवाग्राहीहरु बिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले तेस्रो चाैमासिक तथा वार्षिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीहरूले शिक्षा,स्वास्थ्य,कृषि, सडक, सिँचाइ,विद्युत,सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
त्यस्तै सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली, पालिकाका प्रवक्ता तथा वडा नम्वर २ का अध्यक्ष पहलवान चाैधरी,६ का अध्यक्ष दिपक कुमार चाैैधरी,७ का अध्यक्ष सीताराम चाैधरी र विभिन्न शाखाका शाखा प्रमुखहरुले जवाफ दिएका थिए । साे कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकहरुको सेवामा आफूहरू निरन्तर लागि रहेको बताए । ‘काम गर्दा ढिलो चाँडो हुन्छ नै तर राप्तीवासीको सेवामा हामी निरन्तर लागेका छौं’– अध्यक्ष विष्टले भने । यस्तै उनले ‘राप्तीवासीको रचनात्मक सल्लाह,सुझाव र खबरदारी पनि निरन्तर भइरहोस् भनेका थिए ।’
यस्तै उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक, विद्यार्थी,टोल विकास संस्थाका अध्यक्ष,उपभोक्ता समितिका पदाधिकारी,संचारकर्मी लगायत स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार लिला शाहले गरेका थिए ।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ ।

