
Unsku
Sgr
pku
Rgp
Ggp
Srbpu
Pbu
Lnp

Wsp
Ssm
Rgu
Vor
Ksm
Gst
Sbs
Pvg
Rgs
Asm
Hal
Rgu
Sls
Tsm

Syp
Rpp
Bml
Pls
Mks
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा महिलाहरुले सामूहिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् ।
उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सीपसँगै प्रविधि सहयोग गरेपछि उनीहरूले राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् ।
त्यस्तै उनीहरूले १० जना महिलाहरूकाे समूह बनाई प्रतिव्यक्ति २५/२५ हजारका दरले २ लाख ५० हजार रुपैयाँ समेत जम्मा गरि उद्योगमा लगानी गरेका छन् ।
“महिलाहरु पनि उद्यमीका रुपमा अघि बढ्न सकिन्छ भन्ने साेचका साथ उद्योग सुरु गरेका हौँ’,गार्मेन्ट उद्योगकी उपाध्यक्ष उत्तम चाैधरीले भने,-” गाउँपालिका र वडा कार्यालयले ठुलो सहयोग गरेको छ । अझ हिम्मत बढेको छ।” “सीप नहुदा घरमै समय त्यतिकै बिताइरहेका थियौं समूहकि सदस्य सुमित्रा गुरुङले भन्नुभयो,-“अहिले त भ्याइनभ्याई छ।सीपका माध्यमबाट स्वरोजगारसँगै आत्मनिर्भर समेत भएका छाैं ।” उद्योगमा महिलाहरुका लागि आवश्यक कपडाहरुसँगै स्कुल ड्रेस, टिर्सट, ट्रयाकसुट,बुटिकका सामाग्रीहरु उत्पादन तथा बिक्रि गरिने गुरुङले बताए ।
यसै बीच उद्योगको शुक्रबार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिकाकी उपाध्यक्ष कालापती चाैधरी र वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले संयुक्तरूपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
उद्योगकी उपाध्यक्ष उत्तम चाैधरीकाे अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख अतिथि र वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको विशिष्ट अतिथितामा साे उद्योगको उद्घाटन गरिएको हाे । साे अवसरमा बाेल्दै उपाध्यक्ष चाैधरीले महिलाहरुलाई सिपसँगै आत्मनिर्भर बनाउनका लागि यस्ता उद्योगहरुको आवश्यकता रहेको बताए ।
त्यस्तै उपाध्यक्ष चाैधरीले यस प्रकारका उद्योगले महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै आगामी दिनमा पालिकाले यसको बजारीकरण लगायतको अन्य कुराहरूमा थप आवश्यक सहयोग गर्ने समेत बताए ।
वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले उद्योग स्थापनाका लागि वडाले विभिन्न किसिमको सहयोग गर्दै आइरहेको बताउदै यसलाई उदाहरणीय र नमुना उद्योगकाे रुपमा विकास गर्न थप सहयोग गर्ने बताए । गाउँपालिकाकाे एक वडा एक उद्योग स्थापना गर्ने लक्ष्यका साथ अन्य वडाहरुमा समेत विभिन्न उद्योगहरु स्थापना भएका छन् ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष गाेकर्ण बहादुर राना, कार्यपालिका सदस्य पार्वती सुवेदी,चम्फा पुन,सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्व बहादुर बुढाथोकी,तारा टेक्निकल इन्स्टिन्चुट एण्ड रिसर्च सेन्टर माैरीघाटका सञ्चालक तारा प्रसाद भुसाल,शंकर माध्यमिक विद्यालय पिपरीका प्रधानाध्यापक सुवर्णमान चाैधरी,शंकर सामुदायिक वन उपभोक्ता समितिका काेषाध्यक्ष इमान सिंह कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राप्ती गाउँलिका वडा नं.८ कि वडा सदस्य भानु विककाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गरेका थिए ।
