Sidha Patra मंगलबार, पुष १४, २०७७

रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ ।

नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमन कारीको मुखिया एवं सरदार रहेको बताउनु भयो । ओली कुनैपनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाउनु भएको छ ।

ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउदै उहाँले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेकाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताउनु भयो । विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भटराई, सरला यादव,सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादव लगायतको सहभागी थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]