
pku
Lnp
Rgp1
Srbpu
Rgp
Ggp
Unsku
Pbu
Sgr

Bbbpu
nsb
Ggd
Wsp
Rgs
Tsm
Hal
Rsb
Vor
Bbu
Pvg
Sbs
Asm
Ssm
Gst
Rgu
Sls
Ksm
Rgu

Ptm
Bml
Gsb
Pls
Abd
Syp
Jmb
bbt
Jmb
Rpp
sab
Rmb
Mks
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।
त्यस्तै विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद सरोज पुडासैनीले केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए । “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो । उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”, उनले भने । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद पुडासैनीले बताए ।
त्यस्तै उनका अनुसार मधेस,बागमती,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने,दैनिक जनजीवन,कृषि,स्वास्थ्य,पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध समेत गरेको छ ।
