
Mbdvs
mbd
Pbu
Gisld
Rbs
Sds

Ksm
Wsp
Rgu
Ssm
Ggd
Asm
Pvg
Gst
Bbbpu
Rgs
Hal
Rgu
Sls
Vor
nsb
Rsb
Tsm
Sbs
Bbu

Gsb
Mks
Bml
Syp
Jmb
Pls
Jmb
Abd
Rmb
bbt
sab
Rpp
Ptm
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा मध्यरातमा गोरु बोकेर बाहिर लैजान लागेको ट्रक स्थानीयले नियन्त्रणमा लिएका छन् । अवैद्य रुपमा गोरु तस्करी भइरहेको भन्ने सूचनाका आधारमा स्थानीय भेला भएर प्रहरी समेतलाई गुहारी २६ वटा गोरु बोकेको ना ६ ख ७३०२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ ।
यो खबर तयार पार्दासम्म गोरु अहिले पनि अस्थायी प्रहरी पोष्ट दमारगाउँ निजकै ट्रक भित्रै रहेको स्थानीय चेतकान्त गिरीले बताउनु भयो । गोरु मापदण्ड बिपरित खाँदेर ट्रकमा लोड गरिएको अवस्था छ, गिरीले भन्नु भयो,हामीले प्रहरी प्रशासनलाई गुहार्दा सम्म प्रहरीले केही गरिरहेको छैन उहाँले भन्नू भयो ।’
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले ट्रकसहित ४-५ जना मानिसहरु पक्राउ परेको तथा उनीहरुका विरुद्ध मुद्दा चलाउने जानकारी दिनु भयो । एसपी सिंहले प्रहरीलाई गोरु ओसोर पसार गर्दा नरोक्नु भन्ने केन्द्रको आदेश भएको हुँदा केही गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ स्थानीयलाई दिने गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले गोरु नियन्त्रणमा लिएपनि ती गोरु कहाँ पठाउने ? भन्ने समस्या उत्पन्न भएको बताउनु भयो । वडा नं. १३ का जनप्रतिनिधिलाई खवर गरेर गोरुको व्यवस्थापन गर्न आग्रह गरिरहेको र त्यहा संभव नभए तुलसीपुर उपमहानगरपालिका लाई गोरु बुझाउने डिएसपी सिंहले जानकारी दिनु भयो ।
म आएदेखि ११ जना गोरु तस्कर विरुद्ध मुद्दा चलाई सकेको छु,’ सिंहले भन्नु भयो ‘तर, प्रहरीले मुद्दा चलाएपनि हाम्रो केही लाग्दैन । अदालतले हामीलाई मुद्दामा हराई दिन्छ । त्यसरी गोरु तस्करी गर्नेहरुले कागजमा कृषि प्रयोजनका लागि भनेर गोरु लैजाने गरेको हुँदा प्रहरीले रोकेपनि केही गर्न सक्ने अवस्था नरहेको प्रहरी अधिकारीहरुले बताउने गरेका छन् । यसअघिपनि पश्चिम दाङका विभिन्न स्थानबाट गोरु तस्करी हुने गरेको भन्दै स्थानीयले त्यो रोक्न माग गर्दै आएका छन् ।
