दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा नेपाली काँग्रेस पार्टीको वडा स्तरिय कार्यालय भवनको आइतबार उद्घाटन भएको छ ।
नेपाली काँग्रेस वडा कमिटीका सभापती सालिकराम चौधरीको सभापतित्व तथा नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यालयको उद्घाटन गरिएको हो ।सोही अबसरमा ७३ सदस्यिय नेपाली काँग्रेस वडा कमिटि पनि गठन गरिएको छ । वडा सभापती सालिकराम चौधरीको सँयोजकत्वमा ७ नम्बर वडा स्तरिय वडा कमिटि गठन गरिएको हो । जसको उप सँयोजकमा सन्तराम चौधरी, सचिब नारायण प्रसाद मज्गैँया,सह सचिब धनपाटी चौधरी, कोषाध्यक्ष साबित्रा घर्ती लगायत अन्य सदस्य रहेका छन् । नव गठित वडा कमिटिले नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ ले सोमबार लमहीमा आयोजना गरेको सँसद बिघटन बिरुद्दको कार्यक्रममा प्रमुख भुमिका निर्बाह गर्ने छ । लगत्तै टोल कमिटि गठनका लागी अग्रनी भुमिकामा तत्पर रहनेछ ।लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जानकिलाल बस्नेत, महासमिति पुर्ब सदस्य मधु न्यौपाने,नेवि संघका पुर्ब सभापती घनस्याम सुवेदी लगायतले आ-आफ्नो भनाई राख्दै देशब्यापी रुपमा हुन गईरहेको सँसद बिघटन बिरुद्दको कार्यक्रममा उपस्थित हुन अनुरोध गर्नु भयो ।
आपसी बिवादका कारण मुलुक तरल अबस्थामा पुगेको बताउँदै उहाँहरुले अब काँग्रेसको बिकल्प नरहेको समेत स्पष्ट पार्नु भएको छ । प्रमुख प्रतिपक्षी काँग्रेसले जिम्मेवारी भुमिका निर्बाह गर्दापनि आपसी बिवादका कारण मुलुकलाई सँकट तर्फ धकेलीरहेको काँग्रेस नेताहरुको भनाई रहेको थियो । उहाँहरुले नेकपा सरकारको गतिबिधि सबै जनताले बुझ्नुपर्ने आबस्यक रहेको बताउनु भएको थियो । पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमको सञ्चालन नारायण प्रसाद मज्गैँयाले गर्नु भएको थियो ।