
Lnp
Ggp
Rgp
Sdc
Msbus
Ksbus
Ggp
Ksbus
Asbus


दाङ । राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ६६ करोड ७९ लाख,५९ हजार ७ सय,७७ रुपैयाँ विनियोजन गरेको छ ।
दोस्रो गाउँ सभाको पाचौं अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सोमबार गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले आन्तरिक राजस्वबाट १२ करोड ६५ लाख,चालु आर्थिक वर्षमा खर्च नभई बाकी रहने अनुमानित रकम (मौज्दात अ.ल्या)बाट २० लाख,संघीय सरकार वित्तीय समानीकरणबाट ९ करोड ५४ लाख,राजस्व बाँडफाँडवाट १२ करोड १२ लाख, प्रदेश सरकार वित्तीय समानिकरणबाट ६३ लाख ९५ हजार,राजस्व बाँडफाँडबाट १ करोड १ लाख ३५ हजार,समपुरक अनुदान पूजिगत ७० लाख,संघ सशर्त अनुदानबाट १८ करोड ८३ लाख ५७ हजार,प्रदेश सशर्त अनुदानबाट ८० लाख गरि कुल बजेट मध्य चालुतर्फ ४५ करोड ८९ लाख ५९ हजार ७ सय ७७ (६९ प्रतिशत) र पूँजीगत तर्फ २० करोड ८० लाख (३१ प्रतिशत)को बजेटलाई विनियोजन गरेकि हुन् ।
जसमा आर्थिक विकास तर्फको कृषि,उद्योग,पर्यटन, सहकारी जलश्रोत तथा सिचाइ,वन तथा बाताबरण, वित्तीय,भूमि वज्यवस्था,पशुपंन्छी तथा मत्स्य विकास आपूर्ति लगायतमा ५ करोड १२ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै सामाजिक विकास तर्फ शिक्षा,युवा तथा खेलकुद,स्वास्थ्य,लैंगिक समानता तथा सामाजिक समावेशीकरण,खानेपानी तथा सरसफाइ,भाषा संस्कृति तथा सामाजिक सुरक्षा तथा संरक्षणका लागि २५ करोड ५७ लाख ९८ हजार छुटाइएको छ ।
यस्तै पुर्वाधार विकास तर्फ यातायात पूर्वाधार,भवन, आवास तथा सहरी विकास,विद्युत तथा उर्जा,निर्मित सार्वजनिक पुर्वाधार,मर्मत संभार,सम्पदा लगायतका पुर्वाधार विकासको क्षेत्रमा २० करोड ४१ लाख रहेको छ ।
त्यसैगरी सुशासन तथा संस्थागत विकास तर्फ विपद व्यवस्थापन,कार्यालयको संस्थागत क्षमता विकास सूचना प्रविधि व्यवस्थापन,पारदर्शिता अभिवृद्धि तथा वित्तीय जोखिम न्यूनीकरण,सार्वजनिक परिक्षण,सार्वजनिक सुनुवाइ र सामाजिक परिक्षण, विभिन्न कानून तथा दस्तावेज निर्माण गर्न,विभिन्न सफ्टवेयरहरु जडान गर्न,न्यायीक काम कारबाहीलाई छिटोछरितो सरल,सहज र काम खर्चिलो हुनेगरी सम्पादन गर्न,राजस्व प्रशासनलाई सुदृढ बनाउन, योजना तर्जुमा र कार्यान्वयन गर्न सामाजिक सुरक्षा तथा पञ्जिकरण व्यवस्थापन,तथ्यांक संकलन र अभिलेख व्यवस्थापन,वित्तीय सुशासन कायम गर्न लगायतका सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि करिब १३ करोड २० लाख छुटाइएको छ ।
त्यस्तै उक्त सभामा राजपुर ७ का वडा सदस्य प्रमोद बस्नेत,वडा नम्बर १ कि वडा सदस्य उषा मल्लले आफ्नो भनाइ राखेका थिए । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको सभा अध्यक्षमा सम्पन्न भएको गाउँ सभामा बहुमतका साथ बजेट पारित गरिएको थियो । यस्तै अध्यक्ष बुढाथोकीले असार २८ गतेका लागि कार्यपालिका बैठक डाकेका छन् । उक्त सभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले गरेका थिए ।

