
Sssbus1
ssbus
Pbu
nsm
Ssbus
tssbus
Sssbus1
Ssbus
Ssbus
Gsl

Hal
Wsp
Rgs
Bbbpu
Ggd
Ssm
Rgu
nsb
Pvg
Sbs
Gst
Vor
Ksm
Tsm
Asm
Bbu
Rgu
Rsb
Sls

sab
Rmb
Ptm
bbt
Bml
Jmb
Abd
Mks
Syp
Rpp
Pls
Gsb
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ र ०८२ का लागि ६७ करोड ३७ लाख २७ हजार बराबरको बजेट सोमबार सार्वजनिक गरेको छ ।
गढवा गाउँपालिकाको १५ औं अधिबेशनको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गरेका हुन् । शिक्षा, स्वास्थ्य,कृषि र रोजगार,समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ आगामी आर्थिक बर्षका लागि सभामा पेश गरिएको हो ।
बजेटमा पनि शिक्षा,स्वास्थ्य,कृषि तथा पशुपालन, पूर्वाधार विकास, युवा उद्वमशिलता,सिँचाइ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास र स्थानीय तहको संस्थागत विकास,रोजगारी र उत्पादनमा बृद्धि,वन, वातावरण संरक्षण,सामाजिक न्याय तथा लैङ्गिक मूलप्रवाहीकरण र सेवा प्रवाहमा क्षमता विकासलाई जोड दिइएको छ ।
विनीयोजित बजेटमा चालु तर्फ ४० करोड ८० लाख ९२ हजार अर्थात् ६०। ५७ प्रतिशत र पुँजीगत खर्च २६ करोड ५६ लाख ३५ हजार अर्थात् ३९।४२ प्रतिशत गरी कुल ६७ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८०र०८१ मा चालु खर्च ४४ करोड ४० लाख ८ हजाल ३ सय २८ रुपैयाँ रहेको थियो भने पूजीगत तर्फ १९ करोड २६ लाख ४ हजार ७ सय ४४ रुपैयाँ गरी कुल ६३ करोड ६६ लाख १३ हजार १ सय ७२ रुपैयाँ रहेको थियोे । जसमा चालु तर्फ संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ४४ लाख, संघिय सरकार सशर्त अनुदान २६ करोड ९३ लाख ५१ हजार, संघिय सरकार सम्पुरक अनुदान १ करोड ५० लाख, संघिय सरकार बिशेष अनुदान पूजिगत खर्च १ करोड ८५ लाख, संघिय सरकार राजस्व बांडफाड १३ करोड २४ लाख, लुम्बिनी सरकार समानीकरण अनुदान ८५ लाख ८० हजार, लुम्बिनी सरकार सशर्त अनुदान १ करोड २५ लाख, लुम्बिनी सरकार समपुरक अनुदान ७० लाख लुम्बिनी सरकार विशेष अनुदान २० लाख, लुम्बिनी सरकार राजस्व बाँडफाँड ८८ लाख ७५ हजार, गढवा गाउँपालिकाको आन्तरिक आय ६ करोड ५१ लाख २१ हजार र संचितकोष अ। ल्या हुने अनुमानित रकम १ करोड गरी कुल ६७ करोड ३७ लाख २७ हजार बराबरको अनुमानित आय गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले प्रस्तुत गरेका थिए ।
गढवा गाउँपालिकाभित्र उत्पादन भएका कृषि तथा पशु जन्य उत्पादनलाई शित भण्डार निर्माणको लागि १ करोड ८५ लाख, कृषि प्रणालीमा आधुनिकिरण प्रविधिकरण र बैज्ञानिकिकरण लगायतको लागि ३८ लाख, ५० हजार विनियोजन भएको छ। शहीद पार्क निर्माणका लागि २७ लाख, नयाँ उध्दमी सिर्जना तथा उध्दमीहरुको स्तरोन्नति गरि रोजगार सृजना गर्न १७ लाख, सरकारको तिन खम्बे नितिलाई उजागर गर्न लेखा सुपरिवेक्षण, सहकारी व्यवस्थापक र कोपोमिस तालिमका लागि ५ लाख ५० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि पहल कार्यक्रम अन्तर्गत ५३ लाख ३३ हजार, अव्यवस्थित बसोबासी तथा भूमिहिन सुकुम्बासीको व्यवस्थापनका लागि ३० लाख, सामाजिक विकास तर्फ चालु तर्फ ३ करोड ५५ लाख ५९ हजार, पूजीगत तर्फ ५५ लाख, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि ७ लाख, शैक्षिक सुधार निर्माणका लागि ८० लाख,शिक्षा तर्फ वार्षिक कार्यक्रम ३८ लाख ५० हजार गरी कुल ५ करोड ३६ लाख ९ हजार रुपैयाँ विनियोजन भएको छ ।
त्यसैगरी स्वास्थ्य सेवा तर्फ परिवार कल्याण कार्यक्रममा ४८ लाख ४७ हजार, महामारी तथा रोज नियन्त्रण ३ लाख ९३ हजार, नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रम १८ लाख २६ हजार, स्वास्थ्य व्यवस्थापन उपचारात्मक सेवामा ३० लाख ८४ हजार, निशुल्क औषधी वितरण ६१ लाख, गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा सञ्चालनका लागि ५० लाख, शाखागत बार्षिक कार्यक्रम ५० लाख, सर्पदंश सञ्चालन, स्वास्थ्य क्षेत्र सुधार, आखा सम्बन्धी उज्यालो अभियान कार्यक्रम गरी कुल २ करोड ९८ लाख ७५ हजार विनियोजन भएको छ। त्यसैगरी स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत एक पालिका एक अस्पतालका लागि निर्माणाधिन १५ शैयाको अस्पतालको लागि ५ करोड ६४ लाख सोही शिर्षकमा खर्च हुने व्यवस्था मिलाएको छ।
योग शिविर सञ्चालन, शिरोधरा, स्वेदन, पञ्चकर्म, निःशुल्क आयुर्वेद शिविर सञ्चालन औषधी व्यवस्थापनका लागी २० लाख ५० हजार, युवा खेलकुद कार्यक्रमका लागी ३५ लाख ८० हजार, बाल मैत्री स्थानीय प्रवर्द्धन कार्यक्रमका लागि ९ लाख, गाउँपालिका भित्र धार्मिक संरचना निर्माण तथा कला भाषा धर्म संस्कृतिको पहिचान तथा संरक्षणका लागि एकमुष्ट १९ लाख ७५ हजार, गढवा बहुमुखी क्याम्पस रोडदेखि खरखरे डाँडा, मनिकापुर कक्रहवा सडक निर्माणको लागि ३ करोड, धैरेनी दामोदर सडकदेखि खानेपानी हुदै पृथ्वी सहकारी सम्म १ करोड, ४नं। वडामा कालोपत्रेको लागि ४० लाख, गाउँपालिकाका भित्री सडक तथा नयाँ बाटो निर्माण तथा स्तरोन्नतिका लागि ८४ लाख ५० हजार, भौरीसाल नाकामा खोला तटबन्धको लागि ५० लाख, कफली खोला तटबन्धको लागि २५ लाख, खहरे खोला नियन्त्रणका लागि २३ लाख ५० हजार, कक्रहवा जमुनिबास खानेपानीका लागि २५ लाख, गढवा१ रङसिङ्गमा खानेपानी योजना निर्माणका लागि २० लाख, वडाभित्रका खानेपानी समस्या समाधानका लागि २८ लाख ५० हजार, चिम्चिमेमा निर्माणाधिन झोलुङ्गे पुलको लागि १० लाख, गाउँपालिकाभित्रका साना खोला, खहरे खोलाको आवतजावत सहजताको लागि कलभर्ट स्ल्याब निर्माणका लागि ३१ लाख, गाउँपालिका भित्रका बाटोको स्तरोन्नति ढल निकास गर्न नाली निर्माण ६६ लाख २५ हजार, साना सिचाई योजनाका लागि ४५ लाख, गाउँपालिका भवनको कम्पाउन्डको व्यवस्थापनका लागि २० लाख, उर्जा तर्फ ५ लाख, सुरक्षित नागरिक आवास तर्फ छनौंट भएका १८९७ लाभग्राहिको लागि ३३ लाख तथा साना संरचना निर्माणको लागी २६ लाख ५० हजार बिनियोजन भएको छ।
बजेटमा वन,वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७८ लाख, पशु बिकाश तर्फ बिभिन्न कार्यक्रमहरुको लागि ३२ लाख ४० हजार,विभिन्न क्षमता विकास तालिमका लागि ७ लाख २५ हजार,स्वास्थ्य सम्बन्धी नियमित कार्यक्रमका लागि ५० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा तर्फ ३३ लाख ५० हजार कृषि तर्फ ३५ लाख ५० हजार, सहकारी तर्फ ५ लाख ५० हजार, शिक्षा, युवा तथा खेलकुद तर्फ ५९ लाख, पञ्जिकरण तथा सामाजिक सुरक्षा तर्फ १ लाख २५ हजार लगायतको बजेट विनियोजन भएको छ।
सभाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि प्राप्त हुने सल्लाह सुझावलाई आत्मसात गर्दै समृद्ध गढवा गाउँपालिकाको बाटोमा निरन्तर लाग्ने बताए ।
तस्बिर,आलोक भाबुक
