शिवराज खनाल शनिबार, पौष ११, २०७७

दाङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा विघटनको विरोधमा यहि पुुस १३ गते कांग्रेसले गर्न लागेको प्रर्दशनमा सहभागि हुन सबैमा अपिल गरेको छ ।

संघको पाटी कार्यालय लमहीमा आज शनिबार बसेको बैठकले संसद विघटन र सरकारका पछिल्ला कदमबारे देशव्यापी रुपमा गर्न लागिएको विरोध प्रर्दशनमा सहभागी हुन सबै नागरिकलाई आग्रह गरेको हो । सरकार पछिल्लो समय जनताका भन्दा पनि आफ्ना समस्यामा बढी केन्द्रीत भएको संघको बैठकले निश्कर्षसमेत निकालेको छ । बैठकले नेतृत्वमा सत्ता मोह र नेकपामा देखिएको प्रवृतिका कारण जनताले समस्या भोग्नुपरेको निष्कर्ष निकाल्दै खबरदारीका लागि जनताको साथ आवश्यक रहेको निष्कर्ष निकालेको छ । कोरोना महामारीमा सरकार गम्भिर हुन नसकेको, अनियमितता र भ्रष्टाचार मौलाएकोले जनता अहिले सडकमा आउनुपरेको भन्दै संघले देशमा सुशासन कायम हुन नसकेको बताएको छ ।

नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइलीको अध्यक्षतामा बैठक बसेको हो । महाधिवेशन प्रतिनिधि तारा नेपाली, नेपाल दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कलसिंङ विक, दलित संघ क्षेत्र नम्बर १ निवर्तमान अध्यक्ष चन्द्र नेपाली लगायतले नागरिक अहिले पनि रोग र भोकमा छट्पटाउन बाध्य पारिएको भन्दै पुस १३ गतेको दिन देशव्यापी रुपमा हुन लागेको विरोध प्रर्दशनमा सहभागिता लागि सबैमा आग्रह गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]