
Ksm
Rbs
Anm
Pbu
Sds
Gisld
Mbdvs
gst
mbd
Gmk

Sls
Hal
Rgs
Gst
Ksm
Bbbpu
Asm
Wsp
Ssm
Pvg
Ggd
Bbu
Rgu
Rsb
Rgu
Tsm
nsb
Vor
Sbs

Bml
bbt
Pls
Rpp
Jmb
Jmb
Ptm
Abd
Syp
Mks
Rmb
Gsb
sab
दाङ । शनिबारदेखि लमहीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेश र नेपाल सशस्त्र प्रहरी बल(एपिएफ) विभागीय समुहले विजयी सुरुवात गरेका छन् । लुम्बिनी प्रदेशले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो । दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले पछाडी पार्दै विजय सुरुवात गरेको हो ।
जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । लुम्बिनीकी गीता गोसाई ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित भइन । पहिलो विकेटका लागि गीता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाइन । सरस्वतीलाई कविता गौतमले २२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाइन । उनले ४२ बलमा १ चौका प्रहार गरिन्। प्रदेश २ की मध्य गतिकी बलर कविता गौतमले १ विकेट लिइन । अन्यले विकेट लिन सकेनन् ।
त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिइन । स्पिनर गिता गोसाईको १३ औं ओभरको चौथो बलमा अघि सेरर सट खेल्नेक्रममा अनुराधा विकेट किपर नितुबाट स्टम्पिङ हुन पुगिन ।
एनले ४१ बलमा १ चौका प्रहार गर्नु भयो । १९ औँ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन । उनले १४ बलमा १ चौका प्रहार गरिन्। लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन । स्वस्तीका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिनुभयो । स्पिनर गिता गोसाईको नाममा १ विकेट लिइन । दिउँसो भएको खेलमा जितका लागि २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश १४.१ ओभर खेल्दै ३१ रनमा अल आउट हुन पुग्यो । कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका पाँच ब्याटर शून्यमा आउट भएका थिए । कर्णालीको तर्फबाट कप्तानी लक्ष्मी रिमालले सर्वाधिक ६ रन बनाइन । दीक्षा पुरी ५ रनमा अविजित रहिन । तीन ब्याटर सिंगलमा आउट भएका थिए ।
पहिलो ओभरको पाँचौ बलमा सोनु खड्काले ओपनर मोनिका रानालाई शून्यमा एलबिडब्लू आउट गरिन । । चौथो ओभरको अन्तिम बलमा रेखा रावलले अर्की ओपनर तिर्सना विश्वकर्मालाई २ रनमा एलबिडब्लू आउट गरिन । छैटौं ओभरको पहिलो बलमा राजमती ऐरीले अन्शु शाक्यलाई एक रनमा बोल्ड आउट गरिन । तीन बल पछि लक्ष्मी पुरी शून्यमा एलबिडब्लू आउट हुँदा कर्णाली ११–४ को अवस्थामा पुगेको थियो ।
त्यसपछिका ब्याटर पनि क्रिजमा समालिएर प्रर्दशन गर्न सकेनन् । नवौं ओभरको पहिलो बलमा आयुशा टन्डन शून्यमा रन आउट भइन । चार बल पछि कप्तान लक्ष्मी रिमाललाई करुण भण्डारीले ६ रनमा एलबिडब्लू आउट गर्दा कर्णाली ८.५ ओभरमा १७–६ को कमजोर अवस्थामा पुगेको थियो । लगत्तै अर्को बलमा सुजिता बोगटीलाई शून्यमा बोल्ड आउट गरिन । करुणाले अन्जु गुरुङलाई १ रनमा बोल्ड आउट गरिन । कर्णालीले १५ रन एक्स्ट्रा मार्फत पाएको थियो । एपिएफकी स्पिनर करुणा भण्डारीले ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर ५ विकेट लिइन । राजमती ऐरीले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन । रेखा रावल र सोनु खड्काले एक एक विकेट लिइन । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । एपिएफकी कप्तान सीता राना मगरले ५९ बलमा ८ चौका सर्वाधिक ६८ रनको योगदान दिनुभयो । सरिता मगर ३४ बलमा ६ चौका सहित ४४ रनमा अविजित रहनुभयो ।
एपिएफलाई ओपनर ज्योती पान्डे र सीता रानामगरले ८.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनु भयो । स्पिनर निशा पराजुलीले अंशु शाक्यबाट क्याच गराउँदै पहिलो सफलता दिलाउनु भएको थियो । ज्योतीले ३० बलमा ३ चौका सहित ३२ रन जोडीन् । दोस्रो विकेटका लागि सीता र सरिताले ९९ रनको साझेदारी गर्नु भयो । सीतालाई १८ औं ओभरको चौथो बलमा अञ्जु गुरुङले बोल्ड आउट गरिन । ईन्दु बर्मा १२ बलमा ४ चौका सहित २२ रन जोड्दै क्याच आउट भइन । इन्दुलाई दीक्षा पुरीले कप्तान लक्ष्मी रिमालबाट अन्तिम ओभरको तेस्रो बलमा क्याच आउट गराइन । ममता चौधरी २ रनमा आउट भइन ।
कर्णालीको फिल्डिङ निकै कमजोर देखिएको थियो । कर्णाली महिला खेलाडीले एक्स्ट्रा ६७ रन खर्चेका थिए । ४१ वाइड र १८ नो बल फालेका थिए । बलिङ र फिल्डिङ दुबै कमजोर देखिएको थियो । कर्णालीकी दीक्षा पुरीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिइन । निशा पराजुली र अन्जु गुरुङले पनि १–१ विकेट लिइन । कर्णालीले दोस्रो खेलमा आइतबार लुम्बिनीसँग खेल्ने छ । एपिएफले आइतबार दिउँदो प्रदेश २ विरुद्ध खेल्ने छ ।
