
mbd
Rbs
Sds
Mbdvs
Pbu
Gisld

Tsm
Bbu
Gst
Rgs
Bbbpu
Ssm
Asm
Vor
Rgu
Rgu
Sls
Ggd
nsb
Wsp
Sbs
Rsb
Pvg
Hal
Ksm

Mks
Pls
Gsb
Syp
Abd
Jmb
Rmb
Ptm
Jmb
Rpp
bbt
sab
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले सहकारी संस्थाहरुले जनताको आयस्तरमा प्रत्यक्ष सहयोग पुर्याउने गरी कार्यक्रम अगाडी बढाएकाे बताउनु भएको छ ।
राजुपुर गाउँपालिका वडा नं २ मटेरियामा रहेको सुर्याेदय कृषक बहुउद्देश्यीय सहकारी संस्थाकाे शुक्रबार सम्पन्न भएको २२ औं साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष केसीले सो कुरा बताउनु भएको हाे । सूर्योदय सहकारी संस्था जिल्लामा मात्र नभएर जिल्लाबाहिर समेत यसले पुर्याएको योगदानले समग्र राजपुर र दाङ जिल्लालाई नै छुट्टै पहिचान दिलाउन सफल भएको समेत बताउनु भयो ।
सहकारीले कोभिड १९ का कारण जनता घरभित्रै रहेको कठिन परिस्थितिमा नाका क्षेत्रका प्रत्येक जनताको घरदैलोमा गाउँपालिकाको सहकार्यमा रासन पुर्याएर राजपुरका जनतालाइ ठूलो गुण लगाएकाे कुरा कार्यक्रमका विशिष्ट अतिथि एवम् उपाध्यक्ष धनपति यादवले बताउनु भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले सहकारीहरुसँग हातेमालाे गर्दै गाउँपालिका अगाडी बढ्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षतामा भएकाे साधारण सभामा विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने ७ जना शेयर सदस्यहरुलाइ नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाका सदस्य रमा जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आन्तरिक लेखा सुपरिवेक्षण समितिका संयोजक सकलराम चौधरीले आन्तरिक लेखा प्रतिवेदन र व्यवस्थापक प्रेमनारायण न्यौपानेले वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । सधारण सभामा जनज्योति मा वि वेलाका प्रअ केशवराम यादब संंस्थाका सल्लाहकार सदस्य रेशमबहादुर खड्का,संस्थाका उपाध्यक्ष नमराज न्यौपाने,सदस्य शेरबहादुर भण्डारी लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । सो सभाको सञ्चालन सदस्य बासुदेव खनालले गर्नुभएको थियो भने साधारण सभाले आगामी नीति तथा कार्यक्रम समेत स्वीकृत गरेको छ ।
