तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, आषाढ ०४, २०८१

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ छाेट्की सिसहनियाँमा सञ्चालित १२ दिने डल कुशन बनाउने तालिम आइतबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन गरिएको हो।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले गाउँपालिकाले तालिमकाे आयोजना गरेको बताए ।

त्यस्तै उनले सहभागीहरुलाई सिकेको सीपलाई व्यावहारमा लागू गरि उद्यमशिलता तर्फ अग्रसर बन्न समेत आग्रह गरे ।

“व्यावसायमा धैर्यता हुनुपर्छ । उत्पादन गर्नु ठुलो कुरा हाेइन। उत्पादन गरेकाे सामाग्री बिक्री गर्नु महत्त्वपूर्ण कुरा हाे । व्यापार गर्न कला चाहिन्छ”,अध्यक्ष विष्टले भने -“तपाईंहरुले उत्पादन गरेको सामाग्रीकाे बजारीकरणमा पालिकाले पनि सहयोग गर्छ।”

त्यस्तै अध्यक्ष विष्टले सामूहिक व्यवसायबाट नै सफल व्यावसायी बन्न सकिने उल्लेख गर्दै महिलाहरूलाई समूह गठन गरि व्यावसाय सुरु गर्न सुझाव दिए ।

वडा अध्यक्ष सिताराम चाैधरीले सीपले मानिसलाई आत्मानिर्भर बनाउने बताउदै तालिमले महिलाहरुकाे आयआर्जनमा सहयोग पुग्ने विश्वास गरे । तालिमको प्रशिक्षार्थी स्नेहा चाैधरीले तालिम निकै उपयाेगी भएको बताउदै आगामी दिनमा थप एडभान्स तालिमको आवश्यकता रहेको बताए ।

तालिम “राप्तीका युवा र महिला,उद्यमशिलतामा पहिला” भन्ने मूल नाराका साथ उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हाे।

राप्ती गाउँपालिकाकाे आयोजना तथा मल्टिसेक्टर इन्जिनियरिङ कन्सल्टेन्सी शान्तिनगर दाङको आयोजना सञ्चालित तालिममा १७ जना महिलाहरुकाे सहभागीता रहेको थियो भने तालिमको प्रशिक्षक उमा चाैधरी रहेका थिए ।

तालिम समापन कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]