
pku
Srbpu
Ggp
Pbu
Sgr
Rgp1
Unsku
Lnp
Rgp

Ggd
Asm
Sbs
nsb
Hal
Sls
Ssm
Bbbpu
Bbu
Rgs
Ksm
Rgu
Rgu
Tsm
Vor
Gst
Wsp
Pvg
Rsb

sab
bbt
Abd
Jmb
Bml
Jmb
Mks
Rmb
Gsb
Ptm
Rpp
Pls
Syp
दाङ । स्थानीय सरकार र प्रहरीसंग गढवाका नागरिकहरुले आईतवार नागरिक गुनासो संबोधनका लागी आग्रह गरेका छन् ।
ईलाका प्रहरी कार्यालय गढवाद्धारा आईतवार गढवा गाउँपालिकाको सभाहलमा आयोजना गरिएको समूदाय–प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले गाउँपालिका र प्रहरी समक्ष आफ्ना गुनासा तथा सुझाव राखेका हुन् ।
ईलाका प्रहरी कार्यालय गढवामा सरुवा भै आउनु भएका प्रहरी निरीक्षक कालीका कार्कीको आएपछि छोटो समयमा अपराधीक कृयाकलापमा संलग्न केहि ब्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याईएको,वाल विवाह र लैगिक हिंसा न्यूनीकरणका लागि बिद्यालय स्तरमा कार्यक्रमहरु गरिदै आएको, लागुपदार्थ दुब्र्यसनी र लागु औषध नियन्त्रणमा बिशेष चाँसोका साथ काम भैरहेको र अन्य महत्वपूर्ण कामहरु पनि भैरहेको भन्दै सुनुवाई कार्यक्रममा सहभागिहरुले थप प्रभावकारीताका साथ काम गर्न प्रहरी प्रमुखलाई आग्रह गरेका छन् ।
कार्यक्रमका सहभागिहरुले नदीजन्य पदार्थको अवैध चोरी निकासी नियन्त्रण गर्न,नियमित बजार अनुगमन र नियमन गर्न,खेतीपातीको सिजन भएकोले किसानहरुलाई मलखादको सहज आपूर्तिमा ब्यवस्थापन गर्न,बिपद्कोे समय आएकाले विपद प्रतिकार्यमा पूर्व सतर्कता अपनाउन र गढवा लमही सडकखण्डाको राप्तीपुल तथा सिसहनीया महदेवाको पुल नजिक अस्थायी प्रहरी बिट निर्माण गरि सेवा सुचारुगर्न स्थानीय सरकार र प्रहरीसंग नागरिकहरुले आग्रह गरेका छन् ।
त्यस्तै लागुपदार्थ दुब्र्यसनी नियन्त्रण गर्न,लागुऔषध ओसारपसारमा संलग्नहरुलाई कडा निगरानी गर्न, नाका क्षेत्रहरुका अबैध बाटोबाट ओसारपसार हुने सामाग्रीका कारण राजश्व चुहावट भएकोले सो को नियन्त्रणमा कडाई गर्न,अवैध काठ चोरी निकासी नियन्त्रण गर्न,बजार क्षेत्रमा ट्रफिक ब्यवस्थापन, पार्किङ ब्यवस्थापन र गुणस्तरीय सिसी क्यामरा तथा रोडलाईट जडान गरी आम नागरिकहरुको शान्ती सु–ब्यवस्था र अमनचैन कायम गर्न स्थानीय सरकार र प्रहरी कार्यालयलाई स्थानीय नागरिकहरुले सुझाएका छन् ।
कार्यक्रममा स्थानीय सरकारका तर्फबाट नागरिकहरुले उठाएका मागहरुका बारेमा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगरले जवाफ दिएका थिए। बिपद ब्यवस्थापन,बजार अनुगमन र नियमन,नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण,किसानहरुलाई सहज मलखाद आपूर्तिको ब्यवस्थापन तथा राप्ती नदीमा अस्थायी प्रहरी बिट निर्माणका सवालमा स्थानीय सरकारको ध्यानाकर्षण भएको आलेले बताए ।
कार्यक्रममा नागरीकहरुबाट उठेका जिज्ञासाबारे संबोधन गर्दै ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले स्थानीय सरकार र आम नागरिकहरुको समन्वय सहकार्यबाट यस क्षेत्रको शान्ती सु–ब्यवस्था मजवुद गर्न सकिने र अपराधिक कृयाकलापहरुलाई नियन्त्रण गर्न सकिने कुरामा आफू बिश्वस्त रहेको बताए । ईलाका प्रहरी कार्यलयको कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिकाको ठूलो भूगोल त्यसमा पनि ३४÷३५ नाकाक्षेत्रहरु रहेकोले जनशक्तिी कम रहेको उनले बताए । कार्यक्रममा नागरिक स्तरबाट आएका सुझावहरु कार्यान्यन गर्न पूर्ण पहल गर्ने बताउदै उनले प्रहरी वर्दी सहितका पहरेदार हुन् भने नागरिकहरु वर्दी विनाका सिपाही भएको भन्दै अपराधिक घटनाहरु नियन्त्रण गर्न नागरिक स्तरबाट सकारात्मक सहयोग आवश्यक पर्ने र प्रहरी प्रशासन पनि सकृय रहने बताए ।
कार्यक्रममा रेडक्रसकर्मी दयाराम यादव, जनप्रतिनिधी रमा भण्डारी,उद्योग बाणिज्य संघका प्रतिनिधी दुखहरण यादव,सामुदायिक पुस्तकालयका सचिव शिबराज पन्थी,पत्रकार आलोक भावुक,भूमी अधिकारकर्मी सुनिल चौधरी,गढवा बहुमुखी क्याम्पसका बिकास रजौरे,खाद्य अधिकार सञ्जालका माधव शर्मा पण्डित,गढवा होटल ब्यवसायी संघका महासचिव तिलक पुन,श्रीधर पोख्रेल र सुर्यनारायण चौधरी लगायत दर्जनौं बक्ताहरुले आफ्ना सुझाव राखेका थिए ।

