
Ssb
Csb
Ksb
Bsn
Ksb
Usb
Ksb
Rsb
Tgp
Rks
Ssb
Gsb
Ppu
Nsb

Ssb
Tsb
Hl1
Gsb
Usb

Rgu
ptl
Nps
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
त्यस्तै मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
