
Unsku
Pbu
Rgp
pku
Ggp
Sgr
Srbpu
Lnp
Rgp1

Wsp
Rsb
Ggd
Pvg
Vor
Rgu
Gst
Bbu
Rgs
Sbs
Rgu
Bbbpu
nsb
Asm
Ksm
Hal
Sls
Tsm
Ssm

bbt
Rmb
Gsb
Rpp
Mks
Pls
Jmb
Syp
Jmb
Abd
Bml
sab
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पालिका अन्तरगतका सामुदायिक बिद्यालयहरुमा निशुल्क शिक्षा लागू गरेको छ ।
कार्यपालिका बैठकबाटै बिद्यार्थीबाट कुनैपनि शुल्क नलिने भन्दै निर्णय गरेको छ । तर पालिकाको निर्णयलाई धज्जी उडाउँदै माध्यमिक बिद्यालय राजपुर-७ सिक्टाले बिद्यार्थीबाट मनपरी शुल्क उठाउने गरेको तथ्य फेला परेको छ ।बिद्यार्थीहरुबाट ६ हजार सम्म रकम असुल्ने गरेको पाईएको छ ।
बिद्यालयका प्रधानाध्यापक बिष्णु खत्रीले मनोमानी रकम असुल्ने गरेको आरोप लागेको छ । यसतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जले चासो दिएको छ । बिद्यालयको खातामा रहेको रकम समेत हिनामिना गरेको आरोप लागेपछि अख्तियारले चासो दिएको हो । अख्तियार मार्फत जिल्ला प्रसासन कार्यालय दाङ हुँदै राजपुर गाउँपालिकालाई राय सहितको प्रतिबेदन बुझाउन आदेश दिईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले अख्तियारबाट आएको पत्रलाई समन्वय गरि राय बुझाउन गाउँपालिकालाई पत्र पठाईएको बताए ।प्रधानाध्यापक सहित बिद्यालय ब्यबस्थापन समितीलाई समेत चौतर्फी आरोप बढेपछि अख्तियारबाट पत्र आएको उनले बताए ।
पत्रमा भएका आरोपहरु पुष्टि भएमा कानुन बमोजिम कारबाही अगाडि बढाईने उनले जानकारी दिए । ‘अख्तियार बाट पत्र आएपछि पालिकामा पत्र पठाईएको छ । गाउँपालिकाको रायलाई पर्खेका छौँ प्रमुख सुबेदीले भने-पुष्टि भए कारबाही हुन्छ ।’ पत्रमा नाम नै किटान गरि ४ बर्ष पहिलेदेखी उक्त बिद्यालयको प्रअ बिष्णु खत्रि भएदेखि बिद्यालयको अबस्था दयनिय भएको उल्लेख गरेको छ । हाल १ सय ८० अध्ययनरत बिद्यालयमा विद्यार्थी बढाउनुको साटो उल्टै वडाध्यक्ष पुष्कर वली र बिब्यस अध्यक्ष धनबहादुर वलीको मिलोमतोमा व्यापक भ्रष्टचार गरेको भन्ने उल्लेख छ ।
साथै पत्रमा १ देखि ३ कक्षा सम्मका विद्यार्थी मार्फत ३० रुपैया, ४ देखि ९ सम्म परीक्षा शुल्क भनि ८० देखी २०० रुपैया, ट्युसन शुल्क एकमुस्ट ६ हजार लिने गरेको र शुल्क नतिरे परिक्षमा समावेस नगराउने धम्कि दिएको उल्लेख छ । त्यस्तै बिद्यालयको खातामा रहेको १० लाख ६० हजार रुपैया प्रअ र बिब्यस अध्यक्षले हिनमिना गरेको आरोप छ । विद्यार्थी सँख्या कम भएपनि बढि देखाएर बिबरण पेश गरेको, ४ बर्षसम्म अभिभाबक भेला नगरेको र गराई पाउ भनी माग गर्दा धम्काउने गरेको, अभिभाबको किर्ते हस्ताक्षर गरि बिबरण पेश गरेको जिल्ला प्रशासन कार्यालयको पत्रमा उल्लेख छ ।
त्यस्तै प्रक्रिया नपुराई कार्यालयको सामान खरिदमा मनपरी किर्ते बिल पेश गरेको, बिब्यस नै अभिभाबकको किर्ते हस्ताक्षर गरि चलेको, बिद्यार्थीको खाजा गुणस्तरहिन खुवाउने रहेको पत्रमा उल्लेख छ । प्रअले पढाउनु हुँदैन भन्दै नपढाउने गरेको र आफू आबद्ध रहेको सँस्थागत बिद्यालयमा पठाउने गरेको समेत आरोप छ ।
यिनै याबत बिषयको आरोप सहित पालिकालाई राय पठाउनु हुन भन्ने पत्र आएपछि सोमबार पालिकाको समूह बिद्यालय पुगेको थियो । प्रशासनको पत्रमा उल्लेख बमोजिम त्यहा मनपरी शुल्क उठाउने गरेको पाईएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकिले बताए । पालिकाले बिब्यस र प्रअ समेतलाई ५ दिने स्पस्टिकरण माग गरेको छ ।स्पस्टिकरण बुझाउन नसके स्वत दोशि ठहर हुने र कानुन बमोजिम कारबाही अगाडि बढाईने पालिका अध्यक्ष बुढाथोकिले बताए । ‘प्रशासनको पत्र सहित हामी त्यहाँ पुग्यौँ, मनपरी शुल्क उठाउने गरेको पाईयो प्रमुख बुढाथोकिले भने-५ दिने अल्टिमेटम् दिईएको छ, दिननसके कारबाही अघि बढ्छ ।’ उनले पालिकामा नि:शुल्क शिक्षा लागू हुँदाहुदै मनपरी शुल्क उठाउन आफुहरुलाई सह्य नभएको बताए ।
