कपिलवस्तु । कपिलवस्तुको शडुलामाईमा बस र पिकअप ठोक्किँदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा बस र पिक अप भ्यान एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको हो ।
काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान एकआपसमा ठोक्किँदा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले
जानकारी दिए । त्यस्तै घाइते मध्ये बसका सहचालक ४६ वर्षका प्रकाश कुमार थापालाई बुटवलबाट थप उपचारको लागि काठमाडौँ रिफर गरिएको निरीक्षक शाहीले बताए ।
शाहीका अनुसार कालिकोटका असीम शाहीको बुटवलको चौराहा अस्पताल उपचार भइरहेको र अन्य ६ जना पनि डिस्चार्ज भएको छ ।