दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.२ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम साेमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नं.२ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे।
राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिमकाे समापन गरिएको हो ।तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले महिला दिदीबहिनीहरूलाई सीप सिकेर व्यावसायमा जाेडिन सुझाव दिए ।
राप्ती गाउँपालिकाका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशका साथ पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै उपाध्यक्ष चाैधरीले सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न अनुरोध गरे । आफूले पनि विगतमा सिलाई पेशा गरेकाे अनुभव सुनाउदै उपाध्यक्ष चाैधरीले व्यवसाय गर्दा धैर्यता हुनुपर्ने बताए ।कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले बेरोजगार महिला दिदीबहिनीहरुलाई सिलाई कटाई तालिम प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताए । तीन महिने तालिमले मात्रै व्यवसाय गर्न पर्याप्त नहुने उल्लेख गर्दै अध्यक्ष चाैधरीले तालिमका सहभागीहरुलाई आगामी आर्थिक वर्षमा आवश्यक एड्सभान्स सहित फेसन डिजाइनरकाे तालिम समेत उपलब्ध गराउने बताए ।
कार्यपालिका सदस्य रण बहादुर पुजाली,वडा सदस्यहरु टेक बहादुर रावत,मन बहादुर पुन,तुलसा विक,उद्यम विकास सहजकर्ता बीनिता चाैधरी लगायतकाे सहभागीता रहेको कार्यक्रमकाे सहजीकरण वडा सचिव सीता भण्डारी आचार्यले गरेका थिए । तालिममा एक सय जना महिलाहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकमा अनिता चाैधरी र मिना पुन मगर रहेका थिए ।