दाङ । गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएको छ । गढवा गाउँपालिका-२,पचहिया निवासी बर्ष २६ का रन्जित चाैधरीले आफ्नै श्रीमती २१ वर्षकी कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।
गत जेष्ठ २४ गते राती करिब ९ बजेकाे समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएकाे र बुटवलकाे क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार आज बिहान ८ मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
त्यस्तै श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नाे नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे गढवा प्रहरीले जनाएकाे छ ।