
Ggp
Rgp
Srbpu
Rgp1
Lnp
Sgr
Unsku
pku
Pbu

nsb
Tsm
Rsb
Ssm
Sls
Hal
Ksm
Ggd
Pvg
Rgu
Rgs
Wsp
Asm
Bbu
Bbbpu
Gst
Vor
Sbs
Rgu

Syp
Jmb
Rpp
Jmb
sab
Gsb
Ptm
Pls
bbt
Bml
Mks
Rmb
Abd
दाङ । हावाहुरी र बर्षादले घर भत्किदा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित रझेनाका ७० बर्षीय कुलबहादुर केसीको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
त्यस्तै आर्थिक अबस्था कमजोर हुँदा काजकिरिया नै गर्न सक्ने अबस्थामा नरहेपछि केही राहात होस्, भनि नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कमिटीले आर्थिक सहयोग गरेको हो ।
काजकिरिया गरिरहेको स्थान रझेना बृद्धाश्रममा पुगी ३ बोरा चामल र ६ हजार रुपैँया नगद सहयोग गरिएको हो । साथै मृतकको परिवारको घर निर्माणको लागि वडा कमिटीले श्रमदान गर्ने बताएको छ । वडा कमिटी सचिव हरि प्रसाद बुढाथोकीले बालुवा, गिट्टी, ढुंगा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
त्यस्तै सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरी, जिल्ला कमिटी सदस्य युवराज केसी, हेमराज भण्डारी, वडा इन्चार्ज गोपाल खड्का , कर्मचारी केन्द्रीय सदस्य शान्तराज गौतम,शिक्षक लुम्बिनी महासचिव बिष्णु खत्री,शिक्षक दंगीशरण अध्यक्ष भुम बहादुर केसी लगायतको पहलमा उक्त परिवारलाई सहयोग हस्तान्तरण गरिएको थियो। ।
