
Rgp
Ggp
Lnp
Sgr
Rgp1
pku
Unsku
Pbu
Srbpu

Sls
Vor
Tsm
Rgs
Rgu
Asm
Bbu
Pvg
Rsb
Bbbpu
Wsp
Ssm
Hal
Gst
Ksm
Sbs
Rgu
Ggd
nsb

Jmb
Bml
Jmb
Rmb
Mks
sab
Rpp
Gsb
Ptm
Pls
Syp
bbt
Abd
दाङ । देउखुरीको एक लघुवित्त वित्तीय संस्थाले मृतक परिवारलाई बिमा क्षतिपूर्ति रकम प्रदान गरेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनियाँले शुक्रबार लमही नगरपालिका-३ उत्तर फल्कापुरमा संस्थाले गठन गरेको फल्कापुर महिला समुहकी सदस्य स्वर्गीय चम्फी चाैधरीको परिवारलाई बिमा क्षतिपूर्ति प्रदान गरेको हो ।
शाखा प्रमुख नेपाल चाैधरीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ३ का वडा सदस्य सुमन अधिकारीको प्रमुख आतिथ्यतामा मृतक चम्फी चाैधरीको श्रीमान तुल्सीराम चाैधरीलाई ३ लाख ५० हजार कर्जा लिएकोमा कर्जाको १७२.०२ प्रतिशतले हुन आउने ६ लाख २ हजार ७० रूपैयाँ बिमा वाफतको क्षतिपूर्ति रकम हस्तान्तरण हो ।
सो रकम शाखा प्रमुख नेपाल चाैधरीले स्वर्गीय चम्फीका श्रीमान् तुल्सीराम चाैधरीलाई हस्तान्तरण गरेका थिए । स्वर्गीय चम्फी चाैधरीको २०८१ साल वैशाख ६ गते ५२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको थियो । बिमा रकम हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरूले वित्तीय संस्था सुख, दुखको साथी भएको बताउँदै संस्था र समुहलाई चलायमान बनाउन सवै जिम्मेवार हुन आवश्यक रहेको बताए थिए ।
त्यस्तै वक्ताहरूले महिला समुहका सदस्यहरूलाई ऋणको सहि सदुपयोग गर्न सुझाव समेत दिएका थिए । ऋणलाई सहि तरिकाले प्रयोग गरे यसले आर्थिक क्षेत्रमा समेत फट्को मार्ने बताएका थिए । सो अवसरमा समाजसेवी तथा बुद्धिजीवी खुमप्रसाद पाैडेल, पत्रकार ओमप्रकाश गुप्ता, लगायतका वक्ताहरूले बोलेका थिए । संस्थाकी लेखा प्रमुख पार्वती मरासिनीले स्वागत तथा विषय वस्तु बारे जानकारी गराएको कार्यक्रमको सञ्चालन सहायक कर्मचारी शशिराम बोहराले गरेका थिए ।
