
Ggp
Pbu
Unsku
pku
Sgr
Srbpu
Rgp1
Rgp
Lnp

Sbs
Ksm
Vor
Bbu
Bbbpu
Rsb
Ggd
Rgs
Hal
Rgu
Pvg
nsb
Rgu
Ssm
Sls
Wsp
Tsm
Asm
Gst

Jmb
Rpp
Mks
Jmb
Ptm
Pls
Rmb
bbt
sab
Syp
Abd
Gsb
Bml
दाङ । लुम्बिनी प्रदेश सरकारको योजना आयोगले पूर्णता पाएको छ । उक्त आयोगम एक उपाध्यक्ष सहित तीन जना सदस्य रहने व्यवस्था रहेको छ । जसअनुसार यसअघि नै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएपछि आयोगले पूर्णता पाएको हो ।
त्यस्तै प्रदेश मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरुमा तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश योजना आयोगको सदस्यमा घोराही उपमहानरपालिका निवासी भुवन चौधरी,भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको मन्त्री पन्थीले जानकारी दिए ।
यस्तै अघिल्लो प्रदेश मन्त्रिपरियाद बैठकले उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरेको थियो। मुख्मयन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको हो । शहरी विकास तथा खानेपानी मन्त्रालयका बाँकी रहेका जिल्लामा कार्यालय स्थापना गर्ने, ०८०/०८१ को चैत मसान्तसम्म योजना आयोगबाट स्विकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर सहमती लिएका बहुबर्षिय योजनाहरुलाई जेठ मसान्तसम्म अगाडि बढाउने निर्णय भएको प्रवक्ता पन्थीले बताए ।
