तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, जेठ २४, २०८१

दाङ । विश्व वातावरण दिवसको अवसरमा देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा अठार सय बढी वृक्षारोपण गरिएको छ ।

राप्ती गाउँपालिकाकाे आयोजना तथा सव डिभिजन वन कार्यालय गढवाको सहयोगमा राप्ती नदीकाे तटिय क्षेत्रमा रहेको करिब २ हेक्टर सार्वजनिक जग्गामा बिरुवा रोपण गरिएको हो।

मौवा,जामुन,सिसाै,खयर,बकाइनाे,काेईरालाे सित्तलचिनी, गुल्मोहर,निलमर लगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालले जानकारी दिए ।

उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले विभिन्न प्रजातिका २२ हजार बिरुवा राेप्ने तयारी समेत गरिएको प्राविधिक भुसालले बताए ।

वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडाका नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,सामाजिक अभियान्ता बसन्तराज शर्मा, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरी,पालिकाका कर्मचारी,वन उपभोक्त समूहका पदाधिकारी तथा स्थानीय बासिन्दाहरुकाे सहभागिता रहेको थियो ।

साे अवसरमा बाेल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिकाका विभिन्न ठाउँमा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउने उद्देश्यले बिरुवा रोपिएको बताए । वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने अध्यक्ष विष्टको भनाइ रहेको छ ।

त्यस्तै अध्यक्ष विष्टले वातावरण संरक्षणबिना मानवजातीको समेत संरक्षण हुन नसक्ने बताउँदै विश्वव्यापी रुपमा भैरहेको वातावरण विनासले मानवजाती माथि नै संकट सृजना भएको बताए । वन कार्यालयले बिरुवा सहयोग गरेपछि वृक्षारोपण सहज भएको बताउँदै कार्यक्रममा सहभागी सबैप्रति अध्यक्ष विष्टले अभार व्यक्त गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]