
Unsku
Ggp
Srbpu
Rgp
Sgr
pku
Lnp
Rgp1
Pbu

Asm
Sls
Hal
Gst
Rgu
Ksm
Rgs
Bbu
Rgu
Wsp
Sbs
Pvg
Ggd
Tsm
Ssm
nsb
Vor
Rsb
Bbbpu

Rmb
Ptm
Gsb
bbt
Mks
Rpp
Jmb
sab
Jmb
Pls
Bml
Abd
Syp
काठमाडौं । आफूलाई एक सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छिन् ।
प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
त्यस्तै व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ । ‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुने उल्लेख रहेको छ ।
बरालविरुद्ध पूर्व एआईजी रणबहादुर चन्दले केही दिन अगाडि आत्महत्या दुरुत्साहनमा उजुरी दिएका थिए । उजुरीबारे बरालले आफैले पनि सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी थिइन् ।
