भिउमान पुन मगर सोमबार, जेठ २१, २०८१

दाङ । तुलसीपुरका एक युवकमाथि आफ्नै साथीबाट खुकुरी प्रहार भएको छ । आफूसंगै गएका साथीहरुको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मासु मन्डीदेखि पूर्व पातुखोला घर भएका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् ।

नेपालीका दुबै खुट्टाको घुँडादेखि मुनी खुकुरी प्रहार भएको छ, भने शरिरमा पनि खुकुरी प्रहार भएको छ । घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

नेपाली माथि आइतबार बुलुका ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुरमा खुकुरी प्रहार गरेका हुन् । तुलसीपुरबाटसंगै गएका उनकै साथीहरुले नै बिजौरी हुँदै मानपुर पुर्‍याएर खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनीहरु बीचको पूर्व रिसिबीका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै खुकुरी प्रहारको दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर – ९ बेलुका सुरज वली र तुलसीपुरकै सञ्तोष हमाललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भनिएका दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेत भने फरार छन् । प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]