
Lnp
pku
Unsku
Rgp
Ggp
Rgp1
Sgr
Pbu
Srbpu

Vor
Bbbpu
Ksm
Ssm
Rgu
Hal
Ggd
Wsp
Rgu
Tsm
Pvg
Gst
Rsb
Bbu
Asm
Sbs
Rgs
Sls
nsb

Jmb
bbt
Syp
Mks
Rmb
Ptm
Pls
Gsb
sab
Abd
Bml
Jmb
Rpp
कपिलवस्तु । उद्योग वाणिज्य संघ कृष्णनगरले आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन ।
कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी,जनप्रतिनिधि, समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन । छलफलका क्रममा अधिकांश वक्ताले नयाँ कार्यसमिति चयन सहमति मै गर्न सुझाव दिएका थिए ।
देशको आर्थिक अवस्था स्थिर नरहेकाेले सटरभाडा समेत तिर्न नसकेकाे अवस्था देशै भरि रहेकाेले अनावश्यक खर्चबाट बच्न संघकाे कार्यसमिति चयन निर्वाचनमा जानु भन्दा सहमति मै जांदा बेस हुने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै पुर्व सांसद शाहले व्यापारी वर्ग संघलाई राजनीतिकरण गर्नुभन्दा कृष्णनगर बजारलाई सजिव बनाउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै दुई बर्ष काेराेना लकडाउनका कारण पाँच बर्षसम्म लम्बिएकाे वर्तमान कार्यसमितिले व्यापारीका हकहितमा वकालत गर्ने तथा बजार संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेकाे अध्यक्ष राम कुमार गुप्ताले बताए । उनले २०७६ काे अधिवेशनमा निर्वाचित भएपछि अहिलेसम्म भवन मर्मत,गल्ला व्यापारीकाे समस्या लगायत संघकाे निल खाता रहेकाेमा अहिले ५० लाखभन्दा माथि रकम जमा गरिएकाे छ । साे रकमलाई टेण्डरका माध्यमले भवनकाे विस्तृतिकरण गरिने अध्यक्ष गुप्ताले बताए । साथै उनले साधारणसभापछि नयाँ कार्यसमिति चयन गर्न सर्वसहमति मै जान जाेड दिएका थिए ।
केन्द्रीय सदस्य जमशेर अलि मियाँले संघकाे समिति चयन लाेकतान्त्रिक पद्धति अनुसार सहमति नहुनसके निर्वाचनमा जान सकिने बताए । उनले व्यापारीहरु बीच आपसी द्वन्द निम्ताउनुभन्दा सहमति मै कार्यसमिति चयन गरि कृष्णनगर बजारलाई उकास्न लाग्नु पर्ने आग्रह गरेका हुन ।
कार्यक्रममा पुर्व अध्यक्ष गुरुशरण सिंह,विजय कनाेडिया, उद्योगी राजेन्द्र केडिया,शिवप्रसाद जयसवाल,पवन अग्रवाल, आशु कन्छल,अजित सिंह,अशिष अग्रवाल,असलम खान, तुफैल खां,रामसेवक यादव,सुशील श्रीवास्तव,दिनेशचन्द्र गुप्ता लगायतका व्यापारी भद्रभला बुद्धिजीवीकाे उपस्थित रहेको थियाे ।
