शिबराज पन्थी/सिधा-पत्र कर्मी बुधबार, जेठ ०९, २०८१

दाङ । कृषि उत्पादनलाई प्रोत्साहन गर्न तरकारीखेती गर्ने किसानहरुलाई गढवा गाउँपालिकाको साझेदारी परियोजना कार्यक्रम हेफर इण्टरनेशनल मार्फत किसानहरुलाई सिंचाई सामाग्री वितरण गरिएको छ ।

मंगलवार एक कार्यक्रमको आयोजना गरि गढवा गाउँपालिका वडा नम्बर ५ र ७ का ५५ जना किसानहरुलाई ब्यवसाय प्रवर्धनकालागि पम्पसेट, मोटर, पाईप, सिंचाई डेलिभरी पाईप र हेण्डपम्प वितरण गरिएको हेफर परियोजनाका सामाजिक परिचालक कैलाश चौधरीले जानकारी दिए ।

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष शोभा रावतको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष शर्माले स्थानीय सरकारको साझेदारी परियोजना मार्फत कृषि र पशुपालन ब्यवसायलाई प्रवर्धन गरी महिलाहरुको आयआर्जन र जिविकोपार्ज तथा नेतृत्व क्षमता बिकासकालागि समेत महिला शसक्तिकरणको पाटोलाई अगाडी बढाइएको बताए ।

किसानहरुको जिवनस्तर उठाउन हेफर परियोजना मार्फत उत्पादन मुखि कार्यक्रमहरु सबै वडाहरुमा गरिदै आएको उनले बताए । पालिकाले किसानहरुको उत्पादन खसीबोका, बाख्रा, भैंसीको नश्लसुधार तथा उत्पालित तरकारीलाई बजारीकरण गर्न सहयोग गर्ने अभियान समेत सुरुवात गरेको अध्यक्ष शर्माले बताए ।

कार्यक्रममा तरकारी खेति गने ५५ जना किसानहरुलाई ब्यवसायिक क्षमता अभिबृद्धि गर्न र उत्पादन बढाउन सिंचाईका लागि बिभिन्न सामाग्रीहरु प्रदान गरिएको हो । हेफर इण्टरनेशनल नेपालको आर्थिक सहयोगमा किसानहरुले माग गरे बमोजिमका सिंचाईका सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापा, ग्रामिण महिला उत्थान केन्द्रका माधवा पोख्रेल, पशु चिकित्सक भिमार्जुन थापा, हेफर ईण्टरनेशनलका प्राबिधिक रमेश लामीछाने लगायतले बोलेका थिए । कार्यक्रमको संचालन हेफर परियोजनाका सामाजिक परिचालक कैलाश चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]