
Pbu
Unsku
Sgr
Ggp
pku
Rgp
Rgp1
Lnp
Srbpu

Pvg
Ksm
Sbs
Rgs
Rsb
Ssm
nsb
Sls
Tsm
Asm
Rgu
Ggd
Gst
Rgu
Hal
Wsp
Bbbpu
Vor
Bbu

Rpp
Bml
Mks
bbt
Rmb
sab
Abd
Jmb
Ptm
Gsb
Syp
Jmb
Pls
दाङ । जनतालाई सचेत गराउँदै नेपाल प्रहरी जनताको घरदैलोमा पुगेको छ ।
प्रहरी चौकि सतबरिया विभिन्न जनचेतना मुलक सँगै सचेत गराउन नागरिकको घरदैलोमा पुगेको हो । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँका स्थानियसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम गरिएको हो ।
करिब ६० जना नागरिकको उपस्थितीमा प्रहरी चौकि सतबरियाले ‘दुर्ब्यसन बिरुद्द आमाहरु’ र ‘अभिभाबकसँग ट्राफिक प्रहरी’ भन्ने बिषयमा केन्द्रित रहेर सचेतना दिईएको हो । लागू औषध दुर्बेसनी तथा न्युनिकरण, बालबिबाह, आत्महत्या, महिला शसक्तिकरण, महिला हिँसा, ट्राफिक नियम सम्बन्धी जनचेतना जगाईएको हो । समाजमा हुने हिँसा, घटना र त्यसको निर्मुल अथवा सम्बन्धित निकायको जानकारी सहित प्रशिक्षण दिईएको थियो । प्रहरीको जनचेतना कार्यक्रममा सहभागी हुन पाउँदा स्थानिय हर्षित बनेका थिए ।
प्रहरी चौकि सतबरियाका प्रमुख कुलबहादुर सार्की, प्रहरी हवल्दार रमेश नेपाली, ट्राफिक प्रहरी प्रकाश कार्कि लगायतले प्रशिक्षण दिएका हुन । बिच्कागाउँ टोलबिकाश संस्थाकि अध्यक्ष कबिता घर्तीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ८ का वडासदस्य गणेश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
आशा चौधरीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रममा समाजसेवी यादबनाथ योगीले नगारिकलाई सचेत बनाउन प्रहरीले गरेको सचेतना कार्यक्रम सह्राहनिय रहेको बताए । प्रहरी चौकि सतबरियाले विभिन्न समयमा सचेतना कार्यक्रम गरिरहँदा नागरिक तथा विद्यार्थी खुसी भएका छन ।
प्रहरी चौकि सतबरियाको आयोजना तथा समाजसेबी यादबनाथ योगीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

