Sidha Patra शुक्रबार, जेठ ०४, २०८१

दाङ । देउखुरीको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले कृषि देशको मेरुदण्ड भएको बताएका छन् ।

आत्मनिर्भर सेवा केन्द्र लमहीले शुक्रबार लमहीमा आयोजना गरेको बटैया करार खेति र जग्गा उपयोग सम्बन्धि गोष्ठीमा बोल्दै नगर प्रमुख चौधरीले केही वर्षसम्म देश कृषिमा आत्मनिर्भर रहेको र पछिल्लो समय खेतियोग्य जमिनहरु प्लटिङ हुँदै गएकाले कृषि उत्पादनमा ह्रास आएको उनको भनाई छ । तर पनि राज्यले कृषिमा प्रशस्त लगानि गरेको बताउँदै राज्यले गरेको लगानी खेर जान नदिन सबै कृषकलाई आग्रह गर्नु गरेका छन् । राज्यमात्र नभएर गैरसरकारी संस्थाहरुले पनि कृषि र कृषकका लागि थुप्रै लगानी गरेकोले यस्ता अवसरहरु छोड्न नहुने प्रमुख चौधरीले बताए ।

त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले किसानको जीवन स्तर उकास्न कार्य योजना बनाएर अघि बढ्नु पर्ने बताए । किसानबाट उत्पादित वस्तुहरुको बजारीकरण नहुँदा युवा पिंढीले कृषि क्षेत्रमा जांगर नगरेको अध्यक्ष बुढाथोकीले बताए । राजपुरका स्थानीय कृषकले स्थानीय वस्तु प्रयोग गरि उत्पादन गरेमा किसानलाई दुई लाख सम्मको अनुदान र बाहिरबाट कच्चापदार्थ ल्याएर वस्तु उत्पादन गर्ने किसानलाई ५० हजारसम्म दिने कार्यक्रम समेत लागू गरेको उनले जानकारी दिए ।

कृषकले परम्परागत प्रविधिलाई त्यागेर आधुनिक प्रणालीलाई अंगाल्नु पर्ने अहिलेको आवश्यकता भएको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताए । कृषि र कृषकको जीवनस्तर माथी उकास्न आधुनिक प्रणाली लागू गर्नै पर्छ । किसानलाई शुन्य प्रतिशतमा लगानी गरियो भने मात्र कृषि क्षेत्रमा सुधार हुन्छ’–उपप्रमुख योगीले भने ।

उक्त कार्यक्रममा लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका प्रमुख ÷ उपप्रमुख ÷ प्रमुख प्रशासकीय अधिकृत ÷ कृषि शाखा प्रमुख तथा प्राविधिकहरुको सहभागिता रहेको थियो । यो कार्यक्रमको मुख्य उदेश्य बटैया खेतीलाई निरुतसाहित गर्ने र करार खेतीलाई जोड दिने रहेको आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रम अधिकृत गोपाल विकले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]