प्रिया स्मृतीगजमेर/लमही आइतबार, बैशाख ३०, २०८१

दाङ । सहकारी संस्था मानिसको जीवन जिउने आधार बन्नु पर्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताएका छन् ।

घरको गर्जो टार्ने देखि लिएर उद्यम संचालनसम्मको काममा लगानी गरेर आर्थिक आय आर्जनको माध्यम बनेको उनको भनाई छ । शेयर सदस्यहरुलाई क्षमता अभिवृद्धि र विनियम सम्बन्धि जानकारी तालिमको उद्घाटन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यस्तो कुरा बताएका हुन् ।

संचालकहरुले विनियमका बारेमा बुझ्न अत्यन्तै आवश्यक रहेको बताए । सहकारी विनियम अनुकुल छ कि छैन, संसोधन गर्नु पर्ने जस्ता विषयमा संचालकहरु सचेत हुनु पर्ने बताएका छन् ।

संस्था बलियो गराउन सम्पूर्ण शेयर सदस्यहरु एकजुट हुनु पर्छ, व्यक्तिगत भन्दा पनि संस्थागत हितको लागि लागियो भने सबैलाई राम्रो हुने उपप्रमुख योगीको भनाई छ । संस्थाका कुनैपनी शेयर सदस्य, कर्मचारी, पदाधिकारीले गलत बाटो समाउदै गर्दा खबरदारी गर्नु पर्ने बताए । यो सहकारीमा सबैको दु:ख पसिना र मेहनत लागेकोले यसको संरक्षणका लागि सबै लाग्नु पर्ने नगर उपप्रमुख योगीले बताए । सबैको आवश्यकता टारिदिने माध्तम बनेको छ, धेरथोर जेजती भएपनि लगानी गर्न र लिन पाइएको छ तसर्थ सहकारीलाई सदैब मन र मस्तिष्कमा राखेर अगाडी बढ्न आग्रह गरेका छन् ।

सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सर्मिला श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण आरती गिरीले गरेका थिए ।

कोषाध्यक्ष सोभा श्रेष्ठको स्वागत मन्तव्य राखेका थिए भने तालिमको प्रशिक्षकमा लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडी रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]