
Rgp1
Rgp
pku
Sgr
Unsku
Ggp
Lnp
Pbu
Srbpu

Gst
Rgu
Wsp
Rgu
Bbu
Rgs
Ggd
Hal
Sls
Tsm
nsb
Ksm
Bbbpu
Vor
Asm
Sbs
Ssm
Pvg
Rsb

Jmb
Ptm
Jmb
sab
Syp
Rpp
Mks
Gsb
Abd
Rmb
Pls
Bml
bbt
दाङ । समाज परिवर्तनकालागि संघर्ष आवश्यक रहने शनिवार देउखुरीको जंगलकुटीमा आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद इन्द्रजित थारुले बताए ।
कतिपय अवस्थामा सरकारले बनाएका नियम कानूनहरु पनि समाज परिवर्तनकालागि बाधक हुन सक्छन् त्यस्तो अवस्थामा हामीले वाधक बन्ने कानूनहरु फाल्न संघर्ष गर्नुपर्ने अवस्था आउँछ–सांसद थारुले भने । हिजोको पञ्चायतीकालमा देशको मूल कानून नै समाज परिवर्तनको वाधक थियो । नेपाली जनताले ठूलै लडाइँ लडेर देशको मूल कानून बन्यो, अब यसलाई जोडदार ढंगले पूर्ण कार्यान्वयन गर्न सके समाज परिवर्तन अवश्य हुन्छ–उनले भने । समूदायमा अधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चको माताहतमा सञ्चालित समाज परिवर्तन मूल समिति गोबरडिहाको जंगलकुटीमा आयोजना गरेको ११ औं बार्षिक साधारणसभालाई संबोधन गर्दै सांसद थारुले यस्तो बताएका हुन् ।
जनताले बुझाएको कर सिमित दलाल पूँजीपति र नोकरशाहीको हातमा पर्दा जनताको घरदैलोसम्म फर्केर आउन नसक्ने स्थितिलाई अन्त्य गर्न नागरिक सचेत हुनुपर्ने उनले कार्यक्रममा बताए । दक्षिण देउखुरी अधिकार मञ्चले गढवा र राजपुर गाउँपालिकाका गाउँहरुमा किसानहरुलाई संगठित गरेर उनिहरुको जिविकोपार्जनमा परिवर्तन ल्याउन संघर्ष गर्दै क्षेत्रगत बिकास र समृद्धिकालागि समेत स्थानीय सरकारहरुसंग समन्वय सहकार्य गर्दै प्रशंसनिय कामहरु गर्दै आएको उनले बताए ।
मूल समितिका अध्यक्ष शोभा रावत क्षेत्रीको अध्यक्षता र सांसद थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरुको जिविकोपार्जनमा सुधार ल्याउन दक्षिण देउखुरी अधिकार सञ्च र समाज परिवर्तन मूल समूहले तरकारी खेति प्रवर्धन, पशुपालन तथा अन्य ब्यवसाय प्रवर्धनमा समूह सदस्यहरुविच महत्वपूर्ण कार्य गर्न सकेको र स्थानीय सरकारको तर्फबाट पनि भिटा परियोजना मार्फत सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा समूहका सचिव शिवकुमार चौधरीले संस्थागत प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने जाजरकोट भूकम्प पीडितको आवास निर्माणका लागि खटेको दक्षिण देउखुरीका टोलीलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा गढवा गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रा केसी, वडा सदस्य बिमल चौधरी, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर,दियालो मूल समितिका अध्यक्ष चित्रबहादुर खड्का,जनप्रयास समूहका अंजिता चौधरी,जगृति समूह सुपैलाका हस्तमाली केसी,प्रगति समूहका तुल्सा बिक र देवतराम चौधरी लगायतले बोलेका थिए ।
कूल १० वटा कृषक समूहहरुका २ सय ५४ सदस्यहरु आवद्ध रहेको समाज परिवर्तन मूल समूहमा हाल १ करोड २५ लाख बढी निक्षेप संकलन लगानीमा रहेको कार्यक्रममा जानकारी गराइएको हो । सो समूहले एक बर्षको अवधिमा दक्षिण देउखुरी अखधिकार मञ्च र स्थानीय सरकारका निकायहरुसंग समन्वय सहकार्य गर्दै बिभिन्न टोलहरुका ३७ कुवाहरु सरसफाई गरेको, ४९ पोलहरुमा सडकबत्ती जडान गरि गाउँ उज्यालो बनाएको, किसानहरुलाई आवश्यक पर्दा मलखाद र बिऊबिजनमा समन्वय गरेको, बाटो तथा टोल सरसफाई गरेको, बिपत्तिमा परेकालाई राहात सहयोग गरेको, घुम्तिकोष मार्फत पशुपालन, तरकारीखेती र ब्यवसाय गर्न आर्थिक लगानी गरेको र स्थानीय सरकारमा समूहहरु दर्ता गरेर किसानहरुलाई लाभान्वित गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कृष्ण केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सुनिता थारु कुमालले गरेका थिए ।

