दिपक ओली/घोराही शुक्रबार, बैशाख २८, २०८१

दाङ । दाङका चर्चित सिने मेकर रोहित अधिकारीले पछिल्लो समय निर्माण गरेको नेपालि कथानक चलचित्र फर्कि फर्कि यहि जेठ १० गते बाट नेपाल र नेपाल बाहिर विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको छ ।

दाङ स्थायि घर भएका रोहित अधिकारीले निर्माण गरेको तेस्रो चलचित्रको रुपमा फर्कि फर्कि आउन लागेको हो । फर्की फर्की“ एक सिनेमेटिक अनुभव बन्न तयार छ जुन यसको आकर्षक प्रेमकथा र प्रतिभाशाली कलाकारहरूको अब्बल अभिनयको साथ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र छायांकन चरणमा प्रवेश गर्दादेखिनै चर्चाको बिषय बनेको सिनेमा यस बर्षको बहुप्रतिक्षित चलचित्र हो जस्ले दर्शकहरूको हृदयमा विशेष छाप छोड्नेमा निर्माण टिम विश्वस्त छ ।

नेपाली सिने क्षेत्रका मेघास्टारका रूपमा परिचय बनाएका नायक अनमोल केसी र नायिका जसिता गुरुङको नयाँ जोडी निकै नै आकर्षक र सुन्दर देखिएका छन सँगै नया प्रस्तुतिको रूपमा रवि काफ्ले र समृद्धि अर्याल पनि मुख्य भूमिकामा रहेका छन । यसको निर्देशन ख्यातिप्राप्त निर्देशक सुयोग गुरुङले गरेका हुन् जो ‘फर्की फर्की’का लेखक पनि हुन् । ओएसआर डिजिटलको सहकार्यमा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमालाई ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा मोती कार्की र अनि रुद्र गिरी रहेका छन् ।

चलचित्रका एसोसियट प्रोड्युसर पनि दाङकै स्थानिय अरूण रिजाल हुन। घोराहि दाङ स्थायि घर भएका फिल्म निर्माता रोहित अधिकारीका यो भन्दा अगाडिका २ फिल्म गाजलु र छ माया छपक्कै एक पछि अर्को सुपरहिट भएका थिए भने यो फिल्म फर्कि फर्कि बाट हिटको ह्याट्रिक हुने बिश्वास निर्माता अधिकारिको छ । फर्कि फर्किको ट्रेलर हालसम्म युट्युवमा ३ मिलियन दर्शकले हेरीसकेका छन । यस चलचित्र फर्कि फर्किको उपत्यका बाहिर बितरणको जिम्मा भने कुवेर सिने डिष्ट्रिब्युसनले लिएको छ । दाङको भिएफएक्स फिल्म हल ,स्वर्गद्वारि फिल्म हल र मनकासि शिनेप्लेक्समा एक साथ प्रदर्शणमा आउन लागेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]