
Ggp
pku
Srbpu
Rgp
Unsku
Pbu
Lnp
Rgp1
Sgr

Bbu
Wsp
Pvg
Rsb
Sls
Ksm
Asm
Gst
Tsm
Ssm
Rgu
nsb
Ggd
Hal
Vor
Bbbpu
Rgs
Sbs
Rgu

Rmb
Syp
Ptm
Jmb
bbt
Mks
Pls
Gsb
sab
Jmb
Abd
Rpp
Bml
दाङ । दाङका चर्चित सिने मेकर रोहित अधिकारीले पछिल्लो समय निर्माण गरेको नेपालि कथानक चलचित्र फर्कि फर्कि यहि जेठ १० गते बाट नेपाल र नेपाल बाहिर विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको छ ।
दाङ स्थायि घर भएका रोहित अधिकारीले निर्माण गरेको तेस्रो चलचित्रको रुपमा फर्कि फर्कि आउन लागेको हो । फर्की फर्की“ एक सिनेमेटिक अनुभव बन्न तयार छ जुन यसको आकर्षक प्रेमकथा र प्रतिभाशाली कलाकारहरूको अब्बल अभिनयको साथ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र छायांकन चरणमा प्रवेश गर्दादेखिनै चर्चाको बिषय बनेको सिनेमा यस बर्षको बहुप्रतिक्षित चलचित्र हो जस्ले दर्शकहरूको हृदयमा विशेष छाप छोड्नेमा निर्माण टिम विश्वस्त छ ।
नेपाली सिने क्षेत्रका मेघास्टारका रूपमा परिचय बनाएका नायक अनमोल केसी र नायिका जसिता गुरुङको नयाँ जोडी निकै नै आकर्षक र सुन्दर देखिएका छन सँगै नया प्रस्तुतिको रूपमा रवि काफ्ले र समृद्धि अर्याल पनि मुख्य भूमिकामा रहेका छन । यसको निर्देशन ख्यातिप्राप्त निर्देशक सुयोग गुरुङले गरेका हुन् जो ‘फर्की फर्की’का लेखक पनि हुन् । ओएसआर डिजिटलको सहकार्यमा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमालाई ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा मोती कार्की र अनि रुद्र गिरी रहेका छन् ।
चलचित्रका एसोसियट प्रोड्युसर पनि दाङकै स्थानिय अरूण रिजाल हुन। घोराहि दाङ स्थायि घर भएका फिल्म निर्माता रोहित अधिकारीका यो भन्दा अगाडिका २ फिल्म गाजलु र छ माया छपक्कै एक पछि अर्को सुपरहिट भएका थिए भने यो फिल्म फर्कि फर्कि बाट हिटको ह्याट्रिक हुने बिश्वास निर्माता अधिकारिको छ । फर्कि फर्किको ट्रेलर हालसम्म युट्युवमा ३ मिलियन दर्शकले हेरीसकेका छन । यस चलचित्र फर्कि फर्किको उपत्यका बाहिर बितरणको जिम्मा भने कुवेर सिने डिष्ट्रिब्युसनले लिएको छ । दाङको भिएफएक्स फिल्म हल ,स्वर्गद्वारि फिल्म हल र मनकासि शिनेप्लेक्समा एक साथ प्रदर्शणमा आउन लागेको हो ।
