Sidha Patra मंगलबार, बैशाख २५, २०८१

कपिलवस्तु । वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बाणगङ्गा नगरपालिका वडा नम्बर १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक,गोली र भाग लगाउँदै गरेको ३० किलो मासुसहित ४ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

त्यस्तै प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर १ जितपुर बस्ने धनबहादुर सेन,१ बुङ्ची बस्ने असीम खाँण, वडा नम्बर २ बस्ने दुर्गाबहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मिलन चोक चित्र मल्ललाई पक्राउ गरेको हो ।

उनीहरुलाई खाँणको घरमा मासु भाग लगाउँदै गरेको अवस्था पक्राउ गरिएको थियो । प्रहरीले बा १३ च ८१८४ नम्बरको कार, लु ५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउन्ड टोटासमेत बरामद गरेको छ । धन बहादुर सेनको घर खानतलासी गर्दा बाह्र बोर एकनाले बन्दुक २ थान,बाह्र बोर दुई नाले बन्दुक १ थान,दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान,म्याग्नममा लाग्ने गोली थान ३ बरामद गरेको हो । यस्तै उनीहरुलाई पक्राउ गरी डिभिजन वन कार्यालयलाई बुझाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]