
Rgp
Sgr
pku
Rgp1
Unsku
Pbu
Lnp
Srbpu
Ggp

Ksm
Rgu
Rsb
Sbs
Rgs
Gst
Vor
Wsp
Bbu
Rgu
Asm
Ssm
Sls
Pvg
Tsm
Hal
Bbbpu
nsb
Ggd

bbt
Jmb
Jmb
Pls
Rmb
Syp
Mks
Rpp
sab
Bml
Gsb
Abd
Ptm
कपिलवस्तु । वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बाणगङ्गा नगरपालिका वडा नम्बर १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक,गोली र भाग लगाउँदै गरेको ३० किलो मासुसहित ४ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
त्यस्तै प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर १ जितपुर बस्ने धनबहादुर सेन,१ बुङ्ची बस्ने असीम खाँण, वडा नम्बर २ बस्ने दुर्गाबहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मिलन चोक चित्र मल्ललाई पक्राउ गरेको हो ।
उनीहरुलाई खाँणको घरमा मासु भाग लगाउँदै गरेको अवस्था पक्राउ गरिएको थियो । प्रहरीले बा १३ च ८१८४ नम्बरको कार, लु ५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउन्ड टोटासमेत बरामद गरेको छ । धन बहादुर सेनको घर खानतलासी गर्दा बाह्र बोर एकनाले बन्दुक २ थान,बाह्र बोर दुई नाले बन्दुक १ थान,दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान,म्याग्नममा लाग्ने गोली थान ३ बरामद गरेको हो । यस्तै उनीहरुलाई पक्राउ गरी डिभिजन वन कार्यालयलाई बुझाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
