सागर रोका क्षेत्री आइतबार, बैशाख २३, २०८१

दाङ । तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले सूचना माग गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार गरेका छन् ।

केहि समय पहिले यता दमकल खराब भएको मर्मतको खर्च विवरण माग्न पुगेका रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल सहितका पत्रकारहरुलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीले दुर्व्यवहार गरेका हुन् ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा (१) बमोजिम तुलसीपुर उपमहानगरपालिकाको दमकल मर्मतको खर्च विवरण माग गर्न पुगेका पत्रकार पौडेललाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीले यस्तो समाचार किन लेख्नुहुन्छ भन्दै पत्रकार माथी दुर्व्यवहार गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतले राम्रो कुराको मात्रै समाचार लेख्नुस् भन्दै सूचना दिन अटेरी गरेका थिए ।

पत्रकार कतिलाई त सुचना दिने यस्ता कति आउँछन् कति माग्न त भन्दै सुचना नदिने ठाडो जवाफ दिएका थिए । सुचना माग सम्बन्धि निवेदन बुझेर सम्बन्धित शाखालाई तोक आदेश गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत डाँगीले त्यसो नगरेको पत्रकार पौडेलले जानकारी दिए । दमकल मर्मतमा ठुलो रकम खर्च भएपनि सेवा प्रभावकारी र दमकल समयमा बनाउन नसकेको कारणले गर्दा नागरिकहरुलाई धेरै गुनासो हुन आएको देखिन्छ ।

स्रोतका अनुसार मर्मतका नाममा लाखौँ खर्च भइसकेको छ । पछिल्लो पटक शान्तिनगरमा आगो नियन्त्रणका लागि पुगेको दमकल बिग्रिएको थियो । शान्तिनगरमा बिग्रेको दमकल ९ दिनपछि उपमहानगरपालिकामा ल्याइएको स्रोतले बताएको छ । तर मर्मतमा कति रकम खर्च भएको भन्ने खर्च बिवरण दिन आनाकानी गरेका तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आज पत्रकार माथि दुर्व्यवहार गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]