
Sgr
Pbu
Rgp1
Unsku
Lnp
Rgp
Ggp
Srbpu
pku

Tsm
Rsb
Sbs
Bbbpu
Wsp
Bbu
nsb
Hal
Rgu
Ggd
Vor
Rgs
Ssm
Gst
Ksm
Sls
Pvg
Asm
Rgu

Ptm
Bml
Jmb
Rmb
Rpp
Syp
Pls
Abd
Jmb
Mks
Gsb
bbt
sab
दाङ । तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले सूचना माग गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार गरेका छन् ।
केहि समय पहिले यता दमकल खराब भएको मर्मतको खर्च विवरण माग्न पुगेका रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल सहितका पत्रकारहरुलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीले दुर्व्यवहार गरेका हुन् ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा (१) बमोजिम तुलसीपुर उपमहानगरपालिकाको दमकल मर्मतको खर्च विवरण माग गर्न पुगेका पत्रकार पौडेललाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीले यस्तो समाचार किन लेख्नुहुन्छ भन्दै पत्रकार माथी दुर्व्यवहार गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतले राम्रो कुराको मात्रै समाचार लेख्नुस् भन्दै सूचना दिन अटेरी गरेका थिए ।
पत्रकार कतिलाई त सुचना दिने यस्ता कति आउँछन् कति माग्न त भन्दै सुचना नदिने ठाडो जवाफ दिएका थिए । सुचना माग सम्बन्धि निवेदन बुझेर सम्बन्धित शाखालाई तोक आदेश गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत डाँगीले त्यसो नगरेको पत्रकार पौडेलले जानकारी दिए । दमकल मर्मतमा ठुलो रकम खर्च भएपनि सेवा प्रभावकारी र दमकल समयमा बनाउन नसकेको कारणले गर्दा नागरिकहरुलाई धेरै गुनासो हुन आएको देखिन्छ ।
स्रोतका अनुसार मर्मतका नाममा लाखौँ खर्च भइसकेको छ । पछिल्लो पटक शान्तिनगरमा आगो नियन्त्रणका लागि पुगेको दमकल बिग्रिएको थियो । शान्तिनगरमा बिग्रेको दमकल ९ दिनपछि उपमहानगरपालिकामा ल्याइएको स्रोतले बताएको छ । तर मर्मतमा कति रकम खर्च भएको भन्ने खर्च बिवरण दिन आनाकानी गरेका तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आज पत्रकार माथि दुर्व्यवहार गरेका थिए ।
