अजय मिश्रा/कपिलवस्तु आइतबार, बैशाख २३, २०८१

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय तौलिहवा मताहत क्षेत्रमा सवारी चालक,पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम,संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रम लाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिए ।

यस्तै सदरमुकाम बजार क्षेत्र ६ लेन सड्क अवधारणा भई सकेकाले सबैलाई लेन पालनामा सचेत गराइएको,विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत खड्काले बताए । सवारी नियम उलंघन गर्ने सवारी हरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसिद मार्फत गरिने गरिएकोमा हाल आनलाइन बैंकिंग मार्फत गरिदा सहजता भएको सवारी धनी हरूको बुझाई रहेको छ ।

त्यस्तै बजार क्षेत्र भित्र समेत ट्राफिक प्रहरीले सक्दो ट्राफिक व्यवस्थापन गर्न हरेक सम्भव प्रयास गर्दै आएको जानकारी गराइएको छ। भरपूर ट्राफिक प्रहरीको सक्रियताका कारण विगतको तुलनामा यस क्षेत्रमा दुर्घटनामा कमी देखिएको तथा विना हेलमेट मोटरसाइकिल चलाउनेमा समेत कमी आएको स्थानीयले बताए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]