Sidha Patra आइतबार, बैशाख १६, २०८१

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा भीषण आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट भएका छन् ।

जंगल र खर बारीबाट आएको आगोले गाउँनै सखाप हुने गरेर आगामी भएको छ । कुल २७ घरमध्ये अहिलेसम्म २५ घरमा आगलागी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीले भने हामी अहिले हाडबासको गाउँमै छौं । हाम्रो अगाडीनै घर-गोठहरु जलिरहेका छन् । गोठहरु कति जलेका छन् गिन्टी नभएको,तर २५ घर जलेर नष्ट भएको अध्यक्ष बुढाथोकीले बताए । टिनले छाएका घरहरु केही मात्रामा जोगिएका छन् भने खरले छाएका घर,गोठहरु सबै जलेर नष्ट भएको छ । डमकल पुग्ने बाटो नभएको कारण तत्काल आगो नियन्त्रणमा लिउन नसकिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यस्तै उनले पालिकाबाट आजै अग्नि पीडितहरुलाई खाद्यान्न स्वरुप राहत प्रदान गर्ने बताएका छन् । साथै अध्यक्ष बुढाथोकीले नेपाल रेडक्रस सोसाइटी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,भिटा परियोजनालाई राहत संकलन कार्य तिर लाग्न आग्रह गरेको समेत बताए ।

त्यस्तै अहिले आगलागी भएको स्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा कुवाको पानीमा मोटर जडान गरि आगो निभाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख (प्रहरी निरीक्षक)नवीन वलीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]