अमरक्षितिज भण्डारी/घोराही आइतबार, बैशाख १६, २०८१

दाङ । नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा शनिबार सम्पन्न गरेको छ ।

त्यस्तै उक्त वनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति देखिएको भन्दै सहभागी बक्ताहरुले पत्रकारलाई आचारसंहितको अनिवार्य पालना गरेर पत्रकारिता गर्नुपर्ने बताएका थिए ।

नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी पत्रकार महासंघको निर्वाचनमा सर्वसहमत रुपमा नेतृत्व चयनका लागि पहल गर्नुपर्ने र त्यसको नेतृत्व प्रेस युनियन दाङले गर्नुपर्ने बताएका थिए ।
साथै वक्ताहरुले आसन्न पत्रकार महासघं दाङको निर्वाचनलाई सहमती सहकार्यका साथमा सम्पन्न गर्नेमा पनि जोड दिएका छन् । पत्रकारको छाता संगठन महासंघ दाङलाई सबैको अपनत्व हुनेगरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, प्रेस युनियन दाङका पूर्व अध्यक्षहरु सन्तोष सुवेदी,सुशील बस्नेत, सल्लाहकार लीला शाह, बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सहभागीलाई गोपाल शर्मा भटराईले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]