शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, बैशाख १५, २०८१

दाङ । समुदायमा आधारित कार्यसन्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च माताहतको दियालो मूल समिति गढवाले ११ औं बार्षिक साधारण सभा पर्यटकिय क्षेत्र कन्दरा मन्दिर रहेको जङलमा पुगेर सम्पन्न गरेको छ ।

ओझेलमा रहेको पर्यटकीय स्थलको प्रर्वर्धनमा चासो जगाउन १३ वटा कृषक समुहहरुको छाता संगठन दियालो मूल समितिको साधारण सभा उक्त्त स्थानमा आयोजना गरिएको दक्षिण देउखुरी अधिकार मञ्चले जनाएको छ ।

मूल समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समुहमा आवद्द किसानहरुको जिविकोपार्जनमा सहयोग गर्न ६ जना किसानहरुलाइ तरकारी खेती, बाख्रा, बङ्गुर र भैंसी पालन गर्न ३ लाख ४६ हजार ४ सय पचास घुम्तिकोष रकम वितरण गरिएको छ ।

कार्यक्रममा गढवा गापा वडा नम्बर ६ का वडा सदस्य दिनमणी आचार्य, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुवर,समाज परिवर्तन मूल समितिका अध्यक्ष शोभा रावत, पत्रकार शिवराज पन्थी, कन्दरा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी पोख्रेल,समूहका अगुवाहरु प्रभा यादव, गौसरी थापा,कालिदेवी कुमाअल,गङ्गा थापा,भरत घर्ती र नन्दा चौधरी लगायतले बोलेका थिए ।

समूहले जाजरकोट र रुकूममा पुगि भुकम्प पीडितहरुका आवास बनाउने काममा समेत सहयोग गरेको कार्यक्रममा बताइएको थियो । फागुराम चौधरिको स्वागत मन्तब्यबाट सुरु भएको साधारण सभाको सन्चालन कविता सुवेदिले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]