शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, बैशाख १५, २०८१

दाङ । गढवा गाउँपालिका वडानम्बर ६ को आर्थिक सहयोग,पतन्जली योग समिती गढवाको आयोजना र महिला पतन्जली योग समिती दाङको प्राविधिक सहयोगमा दाङको गढवामा ३६ दिने योग शिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

पतन्जली योग समिति गढवाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले शारीरिक ब्यायाम,ध्यान र प्रणायाम माबव स्वास्थ्यको समृद्दिका आधार भएको बताउदै प्रशिक्षक उत्पादन गरि पालिकाका सबै वडाहरुमा योग शिविर सन्चालन गर्ने लक्ष्य रहेको बताए । नियमित योग सन्चालनका लागि स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले मगर, महिला पतन्जली योग समिती दाङका अध्यक्ष साहाना श्रेष्ठ ,गढवा उद्द्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,जनता माबी गढवाका अध्यक्ष गणेश कुमाल र गढवा गाउँपालिका महिला तथा वालवालिका शाखाका प्रमुख प्रेरणा चन्द लगायतले बोलेका थिए । मधा न्यौपानेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार शिवराज पन्थिले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]