
Ggp
Srbpu
Pbu
Lnp
Rgp
pku
Sgr
Rgp1
Unsku

Gst
Pvg
Sbs
Rgs
Ksm
Hal
Rsb
Rgu
Tsm
Sls
Bbbpu
Asm
Vor
Rgu
Bbu
Ggd
Wsp
nsb
Ssm

Syp
Rpp
Abd
Bml
Gsb
Jmb
Mks
Rmb
Jmb
bbt
sab
Pls
Ptm
दाङ । गढवा गाउँपालिका वडानम्बर ६ को आर्थिक सहयोग,पतन्जली योग समिती गढवाको आयोजना र महिला पतन्जली योग समिती दाङको प्राविधिक सहयोगमा दाङको गढवामा ३६ दिने योग शिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
पतन्जली योग समिति गढवाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले शारीरिक ब्यायाम,ध्यान र प्रणायाम माबव स्वास्थ्यको समृद्दिका आधार भएको बताउदै प्रशिक्षक उत्पादन गरि पालिकाका सबै वडाहरुमा योग शिविर सन्चालन गर्ने लक्ष्य रहेको बताए । नियमित योग सन्चालनका लागि स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले मगर, महिला पतन्जली योग समिती दाङका अध्यक्ष साहाना श्रेष्ठ ,गढवा उद्द्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,जनता माबी गढवाका अध्यक्ष गणेश कुमाल र गढवा गाउँपालिका महिला तथा वालवालिका शाखाका प्रमुख प्रेरणा चन्द लगायतले बोलेका थिए । मधा न्यौपानेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार शिवराज पन्थिले गरेका थिए ।
