दाङ । जन्मोत्सबको अबसरमा बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
लमही निवासी पार्बती थापाले आफ्नो नातीनी साईसा पौडेलको दोस्रो जन्मोत्सबको अबसरमा आदर्श माबी देउपुरमा १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेकी हुन ।
साईसा जन्मोत्सब अक्षयकोषको ब्याजबाट आएको रकमले बिद्यालयको प्रत्यक बार्षिकोत्सबमा अनाथ तथा टुहुरा टुहुरी एकजना छात्र र एकजना छात्रालाई पुरस्कृत तथा सम्मान गरिने छ ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा केही उदाहरणिय काम गरि जन्मोत्सब मनाएका हुन । उनको अक्षयकोषबाट प्रत्यक बर्ष कोही बालबालिका सम्मानित हुनेछन । फजुल खर्च बिन गर्नु! बरु दुखी गरिबलाई सहयोग गरौन, अक्षयकोषले पढ्न नपाएका बालबालिकालाई पढ्ने अबसर दिनेछ हजुरआमा पार्बती थापाले भनिन । थापा सोमबार लमही-६ का वडाध्यक्ष श्याम नारायण चौधरी, बिब्यस पदाधिकारी सहित बिद्यालय पुगेकी थिईन ।
त्यस्तै आईसा जन्मोत्सब अक्षयकोषको खाता लमही स्थित कुमारी बैँकमा सञ्चालन गरिएको बिद्यालयले जनाएको छ । ‘आईसा’ प्रताप पोडेल र सनम थापा पौडेलकी छोरी हुन । उनको जन्म २०७९ बैशाख १० गते जन्म भएको हो ।