
Unsku
pku
Rgp1
Sgr
Lnp
Srbpu
Ggp
Rgp
Pbu

Ssm
Rgs
Rsb
Vor
Rgu
Pvg
Bbbpu
Rgu
Tsm
Ggd
Wsp
Gst
Sls
nsb
Sbs
Ksm
Hal
Asm
Bbu

sab
Abd
Jmb
Jmb
Pls
Bml
bbt
Rpp
Mks
Ptm
Rmb
Syp
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा रहेको देबिस्थान सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष भिम बहादुर ठेडी मगरको अध्यक्षता तथा राजपुर – १ का वडा सदस्य नन्दलाल बुढा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय बेलाका प्रतिनिधि रामअवतार कुमाल,राजपुर-१ को पशु शाखा नायप प्राविधिक प्रकाश केसी,भगवती महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भेगा डाँगी,सिधापत्र अनलाइन टिभीका निर्देशक तथा दाङ,देउखुरी वातावरण संरक्षण पत्रकार मंचका अध्यक्ष भानु जोशी,बाल जनता प्रावि कठबेरुवाका प्रधानाध्यापक मोहनलाल यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समुहका उपाध्यक्ष रमा पुलामीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा समुहका कोषाध्यक्ष मोतीराम घर्ती मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन समूहकि सचिव शान्ता सारु मगरले गरेका थिए । त्यस्तै समूहले सम्पूर्ण उपभोक्तालाई डाकेको भएपनि उपभोक्ताको उल्लेखनीय सहभागी नभएको हुँदा यहीँ आउदो शनिबारका दिन समूहको नेतृत्व चयन गर्न लागि पुनः भेला डाकेको छ ।

