कास्की । प्रहरीले पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ परेका छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।