
Dbs
Lks
Rgp
Lnp
Rgp
Ggp
ksb
Pbu
Rgp
lnp
Ggp
Usb
Dus
Jns
Sgp
Rgp
Asb


दाङ । लुम्विनी प्रेदेशको राप्ती गाउँपालिका वडा नं ६ का २५ महिलाहरुलाई परम्परागत सीप हस्तान्तरणका लागि ढकीयाँ बुनाई तालिम सुरु भएको छ । आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको सुपली, नुईयाँ, ढकीयाँ, डेलवाँ, भौकाको सीप हस्तान्तरण गर्दै परम्परागत सामाग्रीको संरषण्का लागि ढकीयाँ बुनाई तालिम सुरु भएको वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका वडा नं ६ को यस आर्थिक वर्षमा सीप मुलक तालिम अन्तरगत सगरापुर, बगरापुर, भगवानपुर, मझेरीयाँ र पत्थरगढवा गाउँका करिव ५० जना महिलाहरुलाई सीप प्रदान गर्ने योजना अनुसार प्रथम चरणमा २५ जनालाई तालिम सुरु गरिएको हो । बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तालिमको उद्घाटन गरेका छन् ।
सो कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, कार्यपालिका सदस्य तारा कुमारी चौधरी, पत्रकार सुदर्शन रिजाल, वडा सचिव मंगलप्रसाद चौधरीले तालिमका सहभागीलाई सीपमुलक शुभकामना प्रदान गर्दै हौसला बढाएका थिए । ढकीयाँ बुनाई तालिम आगामी २० गतेसम्म चल्ने छ ।
