
Rgp1
pku
Sgr
Lnp
Rgp
Ggp
Unsku
Srbpu
Pbu

Hal
Bbbpu
Sls
Vor
Gst
Pvg
Bbu
Wsp
Rgs
Sbs
Asm
Ggd
Rsb
Rgu
Ssm
Tsm
Rgu
nsb
Ksm

Abd
Ptm
Mks
Gsb
sab
bbt
Jmb
Rmb
Rpp
Syp
Pls
Jmb
Bml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा ३ महिने आधारभूत कम्प्युटर तालिम सोमबारदेखि सुरु भएको छ ।
वडा कार्यालयको आर्थिक सहयोग तथा आई.सि.टि.कम्प्युटर ट्रेनिङ सेन्टरको आयोजनामा ३ महिने आधारभूत कम्प्युटर तालिम सुन्डबरीमा सुरु भएको हो ।
१ नम्बर वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षतामा
उद्घाटन भएको तालिम कार्यक्रममा वडा अध्यक्ष पौडेलले आजको युग प्रविधिको युग भएको हुँदा युवाहरुलाई प्राबिधिक सम्बन्धित सीपमूलक तालिम प्रदान गरेर अघि बढ्ने उदेश्यका साथ वडा कार्यालयले तालिम प्रदान गर्न खोजेको बताए ।
त्यस्तै अध्यक्ष पौडेलले ३ महिनाको अवधिभर तालिममा सहभागी ७७ जना प्रशिक्षार्थीलाई राम्रोसंग कम्प्युटर सिक्न आग्रह गरे । युवा लक्षित हुने कार्यक्रम अन्तर्गत यो ३ महिने आधारभूत तालिम पछि पुन: फेरि अर्को आर्थिक वर्षमा डिप्लोमा कोर्स सिकाउनका लागि बजेट छुटाउने प्रतिबद्धता जनाएका छन् ।
उक्त तीन महिने कम्प्युटर तालिमको प्रमुख प्रशिक्षकमा जय प्रकाश पौडेल र प्रशिक्षक श्रीजना पोख्रेल रहेका छन् ।
त्यस्तै कार्यक्रममा ३ नम्बर वडा सचिव बिन्तिराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सो तालिमको उद्घाटन कार्यक्रमको संचालन जयप्रकाश पौडेलले गरेका थिए ।
