Sidha Patra आइतबार, बैशाख ०९, २०८१

झापा । झापा जिल्लामा रहेका विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

त्यस्तै पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान रहेका छन् । उनीहरूले विभिन्न मितिमा १३ वटा सहकारीबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

यस्तै प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, मोबाइल फोन तथा चोरीमा प्रयोग हुने औजार बरामद गरेको छ । उनीहरूलाई शुक्रबार इटहरीबाट पक्राउ गरी आइतबार जिल्ला अदालत झापाबाट चोरी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]