
Sgr
Ggp
pku
Srbpu
Unsku
Lnp
Rgp
Rgp1
Pbu

Ksm
Ggd
Sls
Sbs
Rsb
Asm
Rgs
Pvg
Bbu
nsb
Gst
Wsp
Ssm
Rgu
Rgu
Bbbpu
Hal
Tsm
Vor

Rmb
Mks
Pls
sab
Ptm
Rpp
Jmb
Syp
Jmb
bbt
Bml
Abd
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार माैरीघाटमा सम्पन्न भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तीन उत्कृष्ट केन्द्र सहित ५ जना सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा प्रथम हुन सफल देउराली उपकार केन्द्र राप्ती गाउँपालिका -२ बराखुट्टी केन्द्र नम्बर ८,दोस्रो हुन सफल लालीगुराँस उपकार केन्द्र राप्ती गाउँपालिका -३ मसुरीया केन्द्र नम्बर १२ र तेस्रो हुन सफल दिदीबहिनी उपकार केन्द्र राप्ती गाउँपालिका -८ पिपरी केन्द्र नम्बर ४ रहेका छन् ।
त्यसै गरि उत्कृष्ट बचतकर्ताको रूपमा केन्द्र नम्बर १६ सक्रिय उपकार केन्द्र राप्ती गाउँपालिका-२ बराखुट्टीका गोमा केसी र उत्कृष्ट लघु उद्यम सदस्य केन्द्र नम्बर ५ मिलीजुली उपकार केन्द्र राप्ती गाउँपालिका-३ का रमा जैशी सम्मानित भएका छन् ।
सहायक कर्मचारी भिमबहादुर चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो । वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको शाखा प्रबन्धक दिपेश पुन मगरले बताएका छन् ।
कार्यक्रममा राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य चम्फा भुसाल, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायब निरिक्षक विवश अर्याल, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, संस्थाका विभागीय प्रमुख विमल खनाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक दिपेश पुन मगरले गरेका थिए ।
