सुर्य सुनार/गुल्मी शुक्रबार, चैत्र १६, २०८०

गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई उन्नत जातको उखुको बीउ वितरण गरेको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका -३ छत्रकोटका तीन कृषकलाई जीतपुर ८ नामक एक टन उखुको बीउ बितरण गरिएको हो । बिगतदेखि रैथाने परम्परागत शैलीमा गर्दै आएका कृषिलाई व्यावसायिक बनाउने उदेश्य सहित पालिका भित्रका केही कृषकलाई उखुको बीउ बितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जीतपुर ८ नामक उखुको बीउ उखु अनुसन्धान केन्द्र जीतपुर बाराबाट लिएर कृषकलाई वितरण गरेको कार्यालयले जनाएको छ ।  हर्दिनेटाका तीनजना कृषक देव बहादुर कार्की , सन्तोष पौड्याल र घनश्याम पन्थलाई वितरण गरिएको हो उखुको बीउ पाएसङ्गै कृषकमा केही उत्साह थपिएको छ ।उखु खेती र गुण तथा खुदो उत्पादनको लागि छत्रकोट गाउँपालिकाको दिगाम, मानकोट, खर्ज्याङ्ग र हर्दिनेटा प्रसिद्ध मानिन्छन् । यहाँ उत्पादन भएको गुण प्रतिकेजी २ सय ५० रुपैयाँ र खुदो प्रतिलिटर २ सयमा बिक्री गर्दै आएको स्थानीय जनक पन्थले जानकारी दिए ।

उखु खेती र यसको व्यावसायिक विस्तारको लागी गाउँपालिकाले उखु महोत्सवको आयोजना गर्न लागेको उपाध्यक्ष साबित्रा ज्ञवालीले बताइन् । उखु खेतीको थप बिस्तार गरेर गाउँपालिकालाई उखु पकेट क्षेत्रको रुपमा विकास गर्न आफुहरुले लागेको उपाध्यक्ष ज्ञवालीले बताइन् । ज्ञान केन्द्रले हस्तान्तरण गरेको उखुको बीउलाई कृषकले सदुपयोग गरेर उत्पादनमा वृद्धि गर्नुपर्नेमा वडाध्यक्ष तेजकान्त अर्यालले जोड दिए ।

त्यस्तै जिल्लाको छत्रकोट र रुरुक्षेत्र गाउँपालिका उखु खेतीका लागि प्रसिद्ध मानिन्छन् । जसमा स्थानिय रातो कोशेर, उखुडी, जीतपुर २ खेती हुँदै आएको छ । यसै बर्षदेखि उन्नत जातको जीतपुर ८ नामक उखुको बीउलाई परिक्षणको रुपमा गुल्मीमा ल्याइएको छ । बिगत १० बर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक सन्तोष पौड्याल उन्नत जातको उखुको बीउ पाएकोमा खुसी व्यक्त गरे ।

यस आर्थिक बर्षमा ८४ क्विन्टल उखु बिक्री गरेको उनले बताए । कृषकले उखुलाई प्रतिकेजी आठ रुपैयाँमा बिक्री गरेका छन् । यस आर्थिक बर्षमा धुर्कोट गाउँपालिकाको बेल्टारी र छत्रकोट गाउँपालिका हर्दिनेटाका कृषकलाई ६ टन उखुको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए । स्थानीय बालीसंगै यसको थप व्यावसायिक खेती र यसको विस्तार गर्न बीउ वितरण गरिएको उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]