
Unsku
Lnp
Pbu
Rgp1
Srbpu
pku
Rgp
Sgr
Ggp

Ggd
Rgu
Rsb
Pvg
Wsp
Hal
Ksm
Bbu
Rgu
Gst
Ssm
Asm
Tsm
Vor
nsb
Rgs
Sls
Bbbpu
Sbs

Abd
Bml
Ptm
Syp
Mks
Gsb
bbt
Rpp
Jmb
Rmb
sab
Pls
Jmb
गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई उन्नत जातको उखुको बीउ वितरण गरेको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका -३ छत्रकोटका तीन कृषकलाई जीतपुर ८ नामक एक टन उखुको बीउ बितरण गरिएको हो । बिगतदेखि रैथाने परम्परागत शैलीमा गर्दै आएका कृषिलाई व्यावसायिक बनाउने उदेश्य सहित पालिका भित्रका केही कृषकलाई उखुको बीउ बितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जीतपुर ८ नामक उखुको बीउ उखु अनुसन्धान केन्द्र जीतपुर बाराबाट लिएर कृषकलाई वितरण गरेको कार्यालयले जनाएको छ । हर्दिनेटाका तीनजना कृषक देव बहादुर कार्की , सन्तोष पौड्याल र घनश्याम पन्थलाई वितरण गरिएको हो उखुको बीउ पाएसङ्गै कृषकमा केही उत्साह थपिएको छ ।उखु खेती र गुण तथा खुदो उत्पादनको लागि छत्रकोट गाउँपालिकाको दिगाम, मानकोट, खर्ज्याङ्ग र हर्दिनेटा प्रसिद्ध मानिन्छन् । यहाँ उत्पादन भएको गुण प्रतिकेजी २ सय ५० रुपैयाँ र खुदो प्रतिलिटर २ सयमा बिक्री गर्दै आएको स्थानीय जनक पन्थले जानकारी दिए ।
उखु खेती र यसको व्यावसायिक विस्तारको लागी गाउँपालिकाले उखु महोत्सवको आयोजना गर्न लागेको उपाध्यक्ष साबित्रा ज्ञवालीले बताइन् । उखु खेतीको थप बिस्तार गरेर गाउँपालिकालाई उखु पकेट क्षेत्रको रुपमा विकास गर्न आफुहरुले लागेको उपाध्यक्ष ज्ञवालीले बताइन् । ज्ञान केन्द्रले हस्तान्तरण गरेको उखुको बीउलाई कृषकले सदुपयोग गरेर उत्पादनमा वृद्धि गर्नुपर्नेमा वडाध्यक्ष तेजकान्त अर्यालले जोड दिए ।
त्यस्तै जिल्लाको छत्रकोट र रुरुक्षेत्र गाउँपालिका उखु खेतीका लागि प्रसिद्ध मानिन्छन् । जसमा स्थानिय रातो कोशेर, उखुडी, जीतपुर २ खेती हुँदै आएको छ । यसै बर्षदेखि उन्नत जातको जीतपुर ८ नामक उखुको बीउलाई परिक्षणको रुपमा गुल्मीमा ल्याइएको छ । बिगत १० बर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक सन्तोष पौड्याल उन्नत जातको उखुको बीउ पाएकोमा खुसी व्यक्त गरे ।
यस आर्थिक बर्षमा ८४ क्विन्टल उखु बिक्री गरेको उनले बताए । कृषकले उखुलाई प्रतिकेजी आठ रुपैयाँमा बिक्री गरेका छन् । यस आर्थिक बर्षमा धुर्कोट गाउँपालिकाको बेल्टारी र छत्रकोट गाउँपालिका हर्दिनेटाका कृषकलाई ६ टन उखुको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए । स्थानीय बालीसंगै यसको थप व्यावसायिक खेती र यसको विस्तार गर्न बीउ वितरण गरिएको उनले बताए ।
