अजय मिश्रा/कपिलवस्तु आइतबार, फाल्गुण २०, २०८०

कपिलवस्तु । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।

जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको हो । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट,टिसर्ट,सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै यशोधरा गाउँपालिका-७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]