
Ggp
Srbpu
pku
Pbu
Sgr
Lnp
Unsku
Rgp
Rgp1

Pvg
Gst
Ggd
Rgs
Asm
Bbbpu
Hal
Bbu
Vor
Rsb
Sbs
Wsp
Tsm
Rgu
Rgu
Ksm
Sls
Ssm
nsb

Mks
Pls
Abd
Jmb
sab
Syp
Bml
Ptm
Jmb
bbt
Rmb
Rpp
Gsb
दाङ । खुशियालि एवम् स्वस्थ्य जिवनको लागि राजयोग मेडिटेशन शिविर आज आइतबार एक कार्यक्रमका बिच गढवामा समापन भएको छ ।
ब्रह्माकुमारी इश्वरीय बिश्व बिद्धालयकी क्षेत्रीय प्रमुख त्यागि ब्रहमकुमारी दिदि इन्दिराको अध्यक्षता तथा गढवा गाउपालिका उपाध्यक्ष शरदा कुमारी चौधरीको प्रमुख आथित्यमा तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
राजयोग मेडिटेशनको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले विकाश संगै स्वास्थ्यको विकाश पनि अति आवश्यक रहेको बताउनु भएको छ। खुशियालि एवम् स्वस्थ्य जिवनको लागि राजयोग मेडिटेशन अति नै आवश्यक रहेको यो शिविरबाट त्यो शिक्षा पाएको बताउनुभयो। घर बाटोघाटो बनाएर मात्र नहुने भन्दै मानव स्वास्थ्य पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
त्यस्तै चिन्ता, तनाव, अशान्त र भयले ग्रस्त व्यक्ति निरन्तर राजयोग मेडिटेशन गरे जिवन स्वास्थ हुने विश्वास ब्यक्त गर्नु भयो । मानिसलाई शारीरिक, मानसिक र वैचारिकरूपले पूर्ण स्वस्थ बनाउन दुव्र्यसनी, मदिरापान गर्ने, तनाव, पीडा, अहंकार आदिबाट विक्षिप्त अवस्थामा यहाँ आइपुगेका मानिसलाई नयाँ जीवन प्रदान भएकोले सबैले मेरिटेसन गर्नुपर्ने उपाध्यक्ष चौधरीले बताउनुभयो।
त्यसै गरी बिशिस्ट अथिति तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले दैनिकी दुरुस्त बनाउन हरेक दिन बिहानको समयमा राजयोग तथा मेडिटेशन गर्नु पर्ने बताउनुभयो। दैनिक बिहान एकडेढ घन्टा राजयोग मेडिटेशन गर्ने हो भने आलस्य, तनाव, दिक्दारी, मेटाई जोसजाँगर ल्याइदिने हुँदा व्यापारी व्यवसायी तथा कर्मचारीका लागि मेरिटेसन जरुरी रहेको वडाध्यक्ष मगरले बताउनुभयो।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै ब्रहमकुमारि इश्वरीय बिश्व बिद्धालयकी क्षेत्रीय प्रमुख त्यागि ब्रहमकुमारी दिदि इन्दिराले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको उद्देश्य साधकमा असल चरित्र निर्माण गर्नु र मानव जीवनलाई सद्गुणी र मूल्यवान् बनाउने भएको बताउनुभयो । राजयोग मेडिटेशनले साधकका मनमा रहेका अशुद्ध विकार, अशुद्ध विचार, दुर्वलता, डर, अशान्ति, हीनता हट्दै जान्छन् र आध्यात्मिक ज्ञान, तेज, सत्संग भरिँदै जाने क्षेत्रीय प्रमुख त्यागि ब्रहमकुमारी दिदि इन्दिराको भनाई छ।
समापन कार्यक्रममा गढवा पतन्जली योग समितिका अध्यक्ष राम नरेश यादव,राजयोग शिविरका प्रशिक्षक नबिन पन्थि ,गोबिन्द आचार्य,गढवा ब्रहमकुमारी इश्वरीय बिश्वबिद्धालयकी सन्चालिका ब्रह्माकुमारी यसु भट्टराई,कृषि बिकास बैंकका पदम प्रसाद प्याकुरेल,बुद्ध ज्योति बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक मोहन कुमार पाण्डे,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रकी अध्यक्ष ओभा पाठक,रेडियो साझा आवाजका प्रबन्धक दुख हरण यादव ,सहभागि हरु धना खनाल,बिन्दु यादव लगायतले राजयोग मेडिटेशनको महत्व र जिबनमा यस्ले पार्ने सकारात्मक प्रभावको बारेमा बिचार राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण ब्रहमकुमारी सरस्वतिले गर्नु भएको थियो ।

