
Pbu
Rgp1
Rgp
Sgr
Srbpu
Ggp
Lnp
Unsku
pku

Tsm
nsb
Sls
Asm
Rgu
Rgu
Bbbpu
Rsb
Bbu
Ggd
Wsp
Ssm
Gst
Ksm
Rgs
Sbs
Pvg
Hal
Vor

Jmb
Bml
sab
Mks
Rpp
Abd
bbt
Jmb
Ptm
Gsb
Syp
Rmb
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं. ९ देवीकाेट स्थित भद्राक्षी देवी मन्दिर परिसरमा भजन कृतन तथा श्रीस्वस्थानी ब्रतकथा कार्यक्रम शनिबार समापन गरिएकाे छ।
स्वस्थानी ब्रतकथामा उल्लेखित सतिदेवीको देब्रे घुँडा पतन भएको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवि मन्दिरको प्रचारप्रसार सँगै बिस्तारै लाेप हुँदै गएको माैलिक सांस्कृतिककाे संरक्षण गर्ने उदेश्यले साे कार्यक्रम सम्पन्न गरिएकाे हाे।
देविकोट मन्दिर धार्मिक तथा पर्यटन विकास समितिकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले स्वस्थानी ब्रतकथामा उल्लेखित कुरालाई आत्मसात गर्न सके समाज सकारात्मक दिशातर्फ अग्रसर हुने बताउनुभयो।
त्यस्तै उहाँले लुम्बिनी प्रदेशकै राजधानी स्थलमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिरकाे विकासकाे लागि आफू निरन्तर लागि रहेको समेत बताउनुभयो । “यस क्षेत्रकाे विकासको लागि सर्वप्रथम शिक्षा ,स्वास्थ्य, खानेपानी , विद्युत, यातायातकाे आवश्यकता हुन्छ।”- प्रदेश सभा सदस्य थारुले भन्नुभयो- “अहिले सडक बिस्तार काम भई रहेको छ।”
त्यस्तै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले विगतमा आफू जिल्ला विकास समितिकाे सदस्य हुदा पनि यस मन्दिर निर्माण कार्यमा सहयोग गरेको स्मरण गर्दै अहिले पनि यस क्षेत्रकाे विकासको लागि आफू तत्पर रहेको बताउनुभयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समयमा मानिसहरू भाैतिक सुख सँगसँगै आध्यात्मिक सुख प्रति पनि अग्रसर हुदै गएको बताउनुभयो । त्यस्तै उहाँले विस्तारै लाेप हुँदै गएका प्रम्परागत माैलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नका लागि स्थानीय सरकार लाग्ने समेत बताउनुभयो ।
देवीकोट मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,राप्ती गाउँपालिका स्तरीय जेष्ठ नागरिक मञ्चका अध्यक्ष पदम रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साे अवसरमा वडा स्तरीय जेष्ठ नागरिक समूहहरु बीच भजन कृतन प्रतियोगिता समेत सम्पन्न भएको थियो । छ ओटा समूहले भाग लिएको उक्त प्रतियोगितामा वडा नं.८ काे जेष्ठ नागरिककाे भजन समूह प्रथम,वडा नं.३ काे भजन समूह द्वितीय ,वडा नं.२ काे भजन समूह तृतीय र वडा नं.४ र ५ काे भजन समूह सान्त्वना भएका थिए।
प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने समूहलाई नगद पुरस्कार प्रदान गरिएको थियोे । धार्मिक तथा पर्यटन विकास समितिका सदस्य कुलराज न्याैपानेकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका पशु शाखा अधिकृत दामोदर आचार्यले गर्नु भएको थियोे।
